Home Uncategorized ९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?

९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?

सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिए।

राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्:

  • डाँक तार वा टेलिफोन सेवा
  • जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
  • हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
  • हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
  • प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
  • हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
  • सञ्चार सेवा
  • आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
  • खानेपानीको सञ्चालन तथा वितरण सेवा
  • पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
  • पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
  • अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
  • औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
  • फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
  • बैंकिंङ सेवा
  • बीमा सेवा
  • विद्युत सेवा
  • दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

यो पनि पढ्नुहोस् : के  कोरोना भाईरस कुकुर बाट मानिसमा सर्छ ?? 

यीबाहेकका सेवा दिने निजी तथा संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नु पर्ने भएको छ।

जागीरको खोजीमा हुनुहुन्छ ? यँहा क्लिक गर्नुहोस !!

नेकपा (एस) र एनेकपा बीच एकता हुने

Previous articleभर्खरै प्रधानमन्त्रीले देशबासीको नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ
Next articleआज २०७६ साल चैत ०८ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।