एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स १०० रिचार्ज गर्दा अर्को १२० व्यालेन्स पाईने

काठमाण्डौ – एनसेलका सबै ग्राहकले बिहीबार (चैत्र १३) बाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।

एनसेल प्रालीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ ।

ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

अहिलेको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सात दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र २०० रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’

Previous articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleआज २०७६ साल चैत १५ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।