कोरोना भाइरस परीक्षणको सामग्री लिएर नेपालगञ्ज गएको नेपाल एयरलाइन्सको विमान दु’र्घटना

काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमान दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गरेका छन् ।

विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर धावनमार्गबाट दुई सय मिटर जति टाढा झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो । 9N-AKU कल साइन रहेको सो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।


विमानमा तीनजना चालक दलका सदस्य छन् भने दुई जना चिकित्सक छन् । उनीहरु सकुशल छन् । विमानमा भने क्षति पुगेको छ ।कोरोना भाइरस परीक्षणको मेडिकल सामग्री लिएर सो विमान नेपालगञ्ज गएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

Previous articleलकडाउन नटेर्नेलाई प्रहरीको लाठी, उठबस देखि काँधमा साईकल सम्म
Next articleआँगनमा भेटिएको कोईलाले को’रोना निकोहुने हल्ला, धमाधम आँगन खन्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।