लकडाउनमा गरिब,को निय,ती – एम्बलुेन्स खोज्दै चिच्या,इरहिन् आमा, काखमै गयो शिशुको ज्या,न

बिहारको जहानावादमा कोरोना संटकबीच ३ वर्षका एक बच्चाको एम्बुलेन्स कुर्दा कुर्दै आमाकै कोखमा मृत्यु भएको छ । यी बालक केही दिनदेखि बिरामी थिए । बच्चालाई लिएर उनकी आमा जहानावादको एक सरकारी अस्पतालमा पटक–पटक पुगेकी थिइन् ।

डाक्टरहरुले बच्चाको गम्भीर स्थिती देखेपछि पटना रिफर गरेका थिए । जहानावादबाट पटना झन्डै ५० किलोमिटर दूरीमा छ । बच्चालाई पटना लैजानका लागि बिरामीका परिवारजनले एम्बुलेन्सका लागि दुईघण्टा यता–उता भड्कनुप¥यो , यतिबेलासम्म बच्चाको मृत्यु भइसकेको थियो ।

भइरह्यो रिफर, भएन उपचार

बिहारको अरवल जिल्लास्थित सहोपुर गाउँबाट यो परिवार उपचारका लागि जहानावाद आएको थियो । बच्चाको अवस्था खराब भएपछि उनकी आमाले सबैभन्दा पहिले नजिकैको स्वास्थ केन्द्र, कुर्था लगेकी थिइन् । कुर्थाबाट डाक्टरले जहानावाद रिफर गरे । लकडाउनमा बल्लतल्ल अटोको व्यवस्था गरेर बाबु–आमा जहानावाद सदर अस्पताल आइपुगे । यहाँबाट डाक्टरले बच्चालाई पटना लैजान रिफर गरे ।

जिल्लाको सरकारी अस्पताल हुनुका बाबजुद पनि इमर्जेन्सी हालतमा एक गरिब परिवारका लागि एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस अस्पतालका अधिकारीहरुको आलोचना भइरहेको छ ।

बच्चा आमाको कोखमा तड्पिरहेको थियो, बाबु एम्बुलेन्सका लागि यता–उता भड्किरहेका थिए । एक घण्टा गुज्रिएपछि बच्चाको हालत निकै खराब भइसकेको थियो र आमा बच्चाको ज्यान जोगाउनका लागि सहयोगको याचना गरिरहेकी थिइन् ।

कहाँ गयो नीतिशकुमारको सुशासन मोडल

यस घटनासँगै बिहारका मुख्यमन्त्री नितिशकुमारको सुशासनको मोडलबारे पनि प्रश्न उठेको छ । मृत्युपछि पनि यस बच्चाको शवलाई घरसम्म लैजानका लागि अस्पतालले यस परिवारलाई कुनै सवारी उपलब्ध गराएन ।

बच्चाको मृत्युपछि आमाले आफैं उनको शव उठाएर २५ किलोमिटर टाढाको आफ्नो गाउँसम्म पैदलै हिडिंन् । लकडाउनमा यी परिवारको चिच्याहट कसैले सुन्नेवाला थिएन । तर, केही पर पुगेपछि केही पत्रकारको पहलमा एक सामाजिक कार्यकर्ताले आफ्नो गाडीमा यी परिवारलाई गाउँसम्म पठाइदिए ।

स्रोत आजतक

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

Previous articleआज वि.सं. २०७६ चैत्र ३० गते आइतबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleमन्दिर सम्झँदै कोरियन चर्चमा काटेका रातहरु…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।