धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो

धादिङ – धादिङमा एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ भेटिएको हो । गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकोमा मंगलबार र्‍यापिड टेष्टमा पोजेटिभ भेटिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

आइसोलेसनमा राखेपछि उनको थ्रोट श्वासलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । ‘विदेशबाट आएकाहरुको र्‍यापिड टेष्ट गर्ने क्रममा पोजेटिभ भेटिएको हो,’ उनले भने, ‘टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’

यापिड टेष्टमा पोजेटिभ देखिएका ब्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ । ज्वालामुखीमा मंगलबार २५ जनामा ¥यापिड टेष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

भरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय

Previous articleकोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला
Next articleआज वि.सं.२०७७ साल वैशाख ३ गते, बुध’बार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।