ज्ञानेन्द्र शाहीको समर्थनमा रविको आवाज: महामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन

उज्यालो नेपाल १० वैशाख काठमान्डौ : चर्चित पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् । अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा वि’वाद शुरु भएपछि शाही प’क्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् ।

सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -महामारीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स’जाय दिने होइन। लामिछानेले भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै ज्ञानेन्द्र शाहीलाई रिहा गर्न समेत प्रसासन सँग अनुरोध गरेका छन् । हेर्नुहोस् रविको स्टाटस

ज्ञानेन्द्र शाहीले के गरेछन् र प’क्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन्। सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्य कर्तालाई मात्र छानी छानी राहत बाडिरहेका पनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु ध’र्म हो । लक डाउनको उ’ल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर, सक्नेले सहयोग गर्ने बेला नै यहि हो।

अन्य अ’पराध गरेका भए बेग्लै कुरा तर महामा’रीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स’जाय दिने होइन। बि’कृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्, तर भ्र’स्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार वि’रुद्ध बोल्नेलाई समाउने ? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्। ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।

श्रीलङ्काको रेमिट्यान्समा उल्लेख्य कमी

Previous articleएउटै गोत्र अथवा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?
Next articleबेलायतमा पहिलोपटक कोरोना भाइरसको भ्याक्सिन मानवमा परीक्षण गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।