नेपालगञ्ज, वैशाख १२ गते । नालामा पौडी खेल्न गएको बेला बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर २ पितमारीका ३ जना बालकको डुबेर मृ’त्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका २ पितमारीमा तिन जना बालकको नालामा श’व भेटिएपछि उनिहरु पौडी खेल्न गएको बेला डुबेर मृ’त्यु भएको हो । नालामा पौडी खेल्न गएका तिनै जना बालक डु’बेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
लामो समयदेखी निर्माणकार्य भैरहेको कारागार का लागी चौकिदार समेत नरहेको स्थानीय अजय बैगारले बताउनुभयो ।बैगारले यस अधिपनि धेरै पटक यो पानी खोलिदिनु यहाँ बच्चाहरु डुब्न सक्छन् भनेर संबंधित ब्यक्तिहरुलाई दशौ पटक भन्दा पनि पानी खोलिएन अझै हामीलाई आवश्यक पर्छ भनेर बग्ने नालाको पानी बन्दगरेर राखियो । त्यही निर्माण कम्पनीको लाप’रबाहीले गर्दा दु र्घटना घटेको बताए।

स्थानीय सरकारले यसको नियमन बेलैमा नगर्दा आफ्ना बालकहरु को मृ त्यु भएको अभिभावकको गुनासो छ। स्थानीय समाजसेवी निखिल बैगारले स्थानीय सरकार र निर्माण कम्पनी दुबै यसको दोषीभएको बताउनु भयो । किन कि स्थानीय सरकारका प्रतिनिधिलाई पटक पटक यो ब्यवस्थापन गर्नुपर्यो पानी खोल्न लगाउनुपर्यो भन्दा ढिला सुस्ती गरेर यो अवस्था शृजना भएको हो भन्नुभयो।
निर्माण कम्पनी ले चौकिदार सम्म ब्यवस्थापन नगर्नु पटक पटक पानी खोल्नु भन्दा पनि हामीलाई आवश्यक पर्छ भनेर बग्ने पानीको नाला रोकेर राख्नु निर्माण क्षेत्र घेराबार नगर्नुलाई स्थानीएले गैरजिम्मेवार हुन नमिल्ने बताए । नालामा डुबेर मृ’त्यु हुनेमा बैजानाथ गाँउपालिका २ पितमारीका बालकहरु १२ वर्षका नरेश कुँवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले पौडी खेल्न गएको बेला एउटै गाउँका तीन जना बालकको मृ’त्यु भएपछि गाउँनै शोकमा डुबेको बताउनु भयो । उहाँले प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाउँदै अनुसन्धानको प्रारम्भिक चरणमा पौडी खेल्न गएको बेला गहिरो ठाउँमा पुगेर तीनै जना बालकको मृ’त्यु भएको देखिएको बताउनुभयो ।
बन्द भएको ३० महिनापछि स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला


