सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अप’हरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेताहरु (लाईभ भिडियो तल राखिएको छ )
१४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अप’हरण तथा श’रीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् । सांसद सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका हुन् ।
पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्रा’इमको मुद्दा दर्ता

१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइ’मको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कै’द सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठक साँझ ५ बजे

काठमाडौं : लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ। ‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको सूचना आएको छ’, एक मन्त्रीले भने। बैठकमो एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल हुनेछ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव दिइसकेको छ। स्वास्थ्य मन्त्रालयलेसमेत एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो।


