अस्ट्रेलियाको डढेलो निभाउने क्रममा ३ अमेरिकी नागरिकको मृत्यु

Click Image

बिहीबार भएको यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

मृतकहरु सबै अमेरिकी नागरिक भएको बताइएको छ। बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ।

क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै चालकदलका सदस्य मृत भेटिएका हुन्।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ।

झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

Previous articleसिड्नी महानगरमा शुक्रबार शिक्षा तथा आप्रवासन प्रदर्शनी
Next articleविश्व स्वास्थ्य संगठन भन्छः भेपिङ गर्भको शिशुका लागि हानिकारक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।