पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?? हेर्नुस एउटा अचम्मको घटना जो डुबेर मरेको ३ वर्ष पछी फेरी जन्मिए

पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?? हेर्नुस एउटा अचम्मको घटना जो डुबेर मरेको ३ वर्ष पछी फेरी जन्मिए

तपाईलाई डुबेर मरेको मान्छे फेरी जन्मियो भन्दा नपत्याउन पनि सक्नुहुन्छ ! तर पत्याउनु पनि कसरि मरेको मान्छे फेरी जन्मियो भनेर ! तर मरेको मान्छेले फेरी जन्म लिएको कुरा भने सत्य सावित भएको छ । तर यस्तै हाम्रै छिमेकी मुलुक भारतको घटेको छ ।उत्तर प्रदेशको लखीमपुर स्थित मक्कागन्ज गाउँमा एउटा अचम्मको घटना घटेको छ जुन घटनाले अचम्मित नबन्ने मानिस सायदै कम होलान् । त्यहाँ १५ अगस्ट २०१५ मा जन्मिएको एक ३ बर्षको बालकले आफ्नो पुनर्जन्मको कहानी सुनाउन थाल्यो (बालकको नाम जितन हो)।

उसको कुरा सुनेर उसको परिवार तथा गाउँका मानिसहरु निकै अचम्मित भएका छन् । उक्त बच्चा १५ अगस्ट २०१७ मा जब २ बर्ष पुरा भएर ३ लाग्यो तब उसले बोल्न सुरु गरेको थियो । तब बिस्तारै उसले आफ्नै घरलाई आफ्नो नभनी भोलापुरको नाम लिन थाल्यो । कुरा त्यति मात्र भएन उसलाई जन्म दिने आमा बुबालाई समेत उसले आमा बुबा भनेन । त्यसो त रक्षाबन्धनको दिन उसले आफ्नै बहिनीलाई समेत ‘राखी’ बाध्न दिएन, उसले भने ‘मेरो बहिनी भोलापुरमा छ ।’ भर्खरै बोल्न थालेको बच्चाले आफ्नो घरलाई घर नभनेर अहिलेसम्म उसले नदेखेको ठाउँलाई आफ्नो घर भएको बताएपछी उसको परिवार अचम्मित भयो ।

उसले जहिलेपनि आफ्नो घर भोलापुर भएको बताएपछी त्यसको सत्यता बुझ्न उसको आमा-बुबाले उसले बताए बमोजिमको ठाउँमा लगिदिए । जुन पत्याउनै पर्ने सत्यता बन्यो किनकी उसले बताए अनुसार भोलापुरमा एक बिदेशीको छोरा ३० बर्षको उमेरमा मृत्यु भएको र उसकै पुनर्जन्म भएको भन्ने कुरा पत्याउनुपर्ने आधार बन्यो । भोलापुर पुगेका ति तीन बर्षीय बालकले पूर्व जन्मको कुरा मात्र भनेनन त्यस गाउँका सबै मान्छेलाई पहिचान समेत गरिदियो । भोलापुरको एक विदेशीको घरमा पुग्नासाथ उसले कराएर भन्यो- ”यही मेरो बुबा हो ।” उसले विदेशीको श्रीमतीलाई समेत आफ्नो आमा भन्दै अंगाल्न पुग्यो ।

तीन बर्षको बच्चा आफ्नै आमा-बुबालाई आफ्नो नमानी अर्कैलाई आमाबुबा मानेर झुम्मिएपछी दुवै परिवार मात्र नभई घाटनालाई नजिकबाट हेर्ने गाउँलेहरु समेत चकित भए । त्यसमा पनि चिन्दै नचिनेको गाउँको मान्छेहरुको बारेमा उसले सोध-खोज गर्न थाल्यो वास्तविकता बुझ्न बिदेशीको श्रीमतीले उसलाई (माइती) मामाघर लिएर गइन् । त्यहाँपनि बालकले हजुरआमा, मामा र सबै परिवारलाई सजिलै चिन्यो र उनीहरुको नामनै बताईदियो । भोलापुर पुगेको उक्त बच्चालाई त्यहाँबाट फर्काउन उसको वास्तविक बुबा-आमाले कोशिस गरे तर बच्चा भने फर्किन मानेन ।

जितन नाम राखिएको बालक आफ्नो नाम दिलिप भएको बताउँछन् । पुनर्जन्मको रहश्य यस्तो भोलापुर जहाँ उक्त बच्चाले आफ्नो घर बताउँछ, त्यस गाउँका विदेशीले बताए अनुसार उसको छोरा दिलीप ठेकेदारीमा काम गर्न ब्यांग्लोर गएको थियो । तर १७ मे २०१२ को दिन समुन्द्रमा नुहाउने क्रममा उसको डुबेर मृत्यु भएको थियो । त्यतिबेला बिदेशीको छोराको उमेर ३० बर्षको थियो । घरबाट धेरै टाढा मृत्यु भएकाले उसको शव घर नल्याई उतै अन्तिम संस्कार गरिएको थियो । -एजेन्सीको सहयोगमा

कालिकोटमा २१ कृषक पुरस्कृत

Previous articleश्रीमान १७ वर्षभयो दुवईमा हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन
Next articleगुमनाम स्वर किन्नरीको विरहीगाथा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।