Home Uncategorized प्याजको मूल्य बढेपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले गरिन् प्याज नखाने घोषणा

प्याजको मूल्य बढेपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले गरिन् प्याज नखाने घोषणा

एजेन्सी – प्याजको मूल्य आकाशीयसँगै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले प्याज खान छोडिदिएकी छिन् । अरू समय प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले मूल्य बढेर एक किलोको २६० टाका पुगेपछि प्रधानमन्त्री शेख हसिनाले प्याज खान छोडिदिएकी हुन् ।

dish home
हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भएको बताउँदै प्रधानमन्त्रीले समेत प्याज खान छोडेको बताएका छन् । “प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनुभयो । शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन” उनले भने । ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो ।

अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको भए पनि प्रधानमन्त्री हसिनाले भने आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनतालाई निरुत्साहित गर्ने सोंचले प्याज खान छोडेको एफपीले जनाएको छ ।

गौरा पर्वमा सार्वजनिक बिदा दिने विषयमा सकारात्मकः प्रधानमन्त्री प्रचण्ड
Previous articleभिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? अब यी कागजात अनिवार्य चाहिन्छ
Next articleआज वि.सं. २०७६ मंसिर ०४ गते बुधबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।