कोरोनाबाट मृ त्यु भएकाको श व गा ड्न लाग्दा पोखरामा झ डप, प्रहरीद्वारा ला ठीचा र्ज (भिडियो)

कोरोनाबाट मृ त्यु भएकाको श व गा ड्न लाग्दा पोखरामा झ डप, प्रहरीद्वारा ला ठीचा र्ज भिडियो तल अन्तिममा हेर्नुहोला 

२६ जेठ, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको श व व्यवस्थापन गर्न प्रशासनलाई ह म्मेह म्मे परेको छ । श व लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले ला ठी चा र्ज गर्नुपरेको छ । जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो ।

उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृ त्यु भएको थियो । श व व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो १६ घण्टासम्म उनको श व अस्पतालको आइसोलेसनमा अरु सं‌क्रमितसँगै रह्यो । कोरोनाबाट मृ त्यु भएकाको श व व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार यसका लागि स्थानीय तह, प्रशासन र नेपाली सेनाले आपसी समन्वयमा गर्नुपर्छ । त्यसअनुसार घा ट खोज्ने जिम्मा पोखरा महानगरपालिकाले पायो भने व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।

महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घा टमा संक्रमितको श व गा ड्ने निधो गर्‍यो । नेपाली सेनाले श व गा ड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए । तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । सेती किनारमा श व गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।

पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत श व लैजान नदिने अडानमा थिए । पश्चिमाञ्चल अस्पतालको ठिक अगाडि रामघाट हुँदै श व गाड्न ल्याइएको भन्दै स्थानीयले विरोध गरे । नेपाली सेनाको टोलीले श व लैजान खोज्दा स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

विरोध गर्नेहरुले श व बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् । श्रीमानको श व हेर्न उनकी श्रीमती छोरीसहित दिउँसै अस्पताल पुगेका थिए । तर श व व्यवस्थापनमा अवरोध हुँदा आफन्त गुमाएका उनीहरुमाथि भने थप पी डा भएको छ ।

साउनमा १ अर्ब ८३ करोडको बिजुली भारत निर्यात

Previous articleआज वि.सं. २०७७ फाल्गुन ११ गते मंगलबार ( २३ फेब्रुअरी २०२१) , आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleब्रे किंग: चितवनको भरतपुर अस्पतालमा कोरोना बाट एकजनाको मृ त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।