युएई बाट १५१ जना बोकेर हिमालय एयरलाइन्स उड्यो, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए

युएई बाट १५१ जना बोकेर हिमालय एयरलाइन्स उड्यो, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए

यूएई – यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाण्डौका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो । जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।

नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।​यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ ।

आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ । हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो । ३ वटा उडान अनुमति पाएको एअरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ ।

उडान आबुधाबी बिमानस्थलबाट स्थानीय समय अनुसार राती १ बजे हुने हिमालय एअरलाइन्सकी कन्ट्री हेड गीता बिष्टले उज्यालोलाई जानकारी दिनुभयो । स्वदेश फर्कने यात्रुको बिदाईमा दूतावासका कर्मचारी र अरु नेपाली पनि विमानस्थलमा पुगेका थिए । नेपाली नागरिक लिन यूएई आएको हिमालय एअरलाइन्सले नेपालबाट एक जना बिदेशी नागरिकको उद्दार गरेको थियो ।

यात्रुको कोरोना परिक्षण हुँदै

यूएईको आवसीय भिसामा आबुधाबी बस्दै आएका इजिप्टका एक जना नागरिकलाई मात्रै लिएर हिमालय एयरलाइन आबुधावी आएको हो । नेपालमा रहेको यूएई दूतावासको सिफारिस तथा दुई देशको सहमतीमा उद्दार गरिएको हिमालय एअरलाइन्सका ठाकुर ढुङ्गानाले जानकारी दिनुभयो ।

यात्रुको कोरोना परिक्षण हुँदै

आज ३ जहाजमा ५ सय ७५ जना फर्कंदै

आज यूएईबाट ३ वटा उडान हुँदै छ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेकाे छ भने यूएईकाे समय अनुसार ८ बजे फ्लाई दुबइ उड्ने छ । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ ।

स्थानीय समय अनुसार बिहान ११. १० मा नेपाल एअरलाइन्सको वाइडबडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले उज्यालोलाई जानकारी दिनुभयो । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २ सय ६६ जना नेपाली देश फर्किन लागेका हुन ।

पेट दुखेकी छात्रालाई पानीको सट्टा स्प्रिट खुवाउँदा ज्यान गयो, दर्जनौँ राउण्ड हवाइ फायर

Previous articleखुशीको खबर: चितवनका युवाले बनाए इलेक्ट्रिकल कार, १ पटक चार्ज गर्दा १२० किमी गुड्ने
Next articleबिहे गरेको ६ महिनामा छोरो मर्यो, ईन्सुरेन्सको पैसा पचाउन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।