चितवन, असोज २३ – रत्ननगर नगरपालिका–१३ अमेलियामा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। हिजो असोज २२ गते बिहान करिब १०:३० बजे ना३३प १९२५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ३ वर्षीय आयन उप्रेतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट बालकको नाक, दाहिने खुट्टा र मुखमा चोट लागेको छ। उनलाई स्थानीय बकुलहर अस्पताल, टाँडीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ।
ठक्कर दिने मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१० निवासी २२ वर्षीय अङ्कित रसाइली रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

