फेसबुक पुरै पहेलंपुर: नेता देखि जनता सम्म धेरै पहेलै; बेसारे फोटो कसरी बनाउने??
१० असार, काठमाडौं । एक सातादेखि नेपालीहरुको सामाजिक सञ्जाल अकाउन्ट ‘बेसारमय’ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्दै कोरोनासँग लड्ने सन्दर्भमा बेसारको उपयोगीताबारे लामै गफ दिएका थिए । प्रधानमन्त्रीलाई उल्याउँदै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो । जनताको पीसीआर परिक्षण गर्न नसक्ने सरकार बेसारमा भर परेको भनेर सडकमा समेत प्रदर्शन गरिए ।
कतिपयले बेसारको महत्व बुझाइदिएको भन्दै प्रधानमन्त्रीको प्रशंसा पनि गरे । यसरी बेसारमाथि बहस चलिरहँदा अर्को उपक्रम सुरु भयो । मानिसहरुले धमाधम आफ्नो फेसबुकको टाइमलाइनमा ‘बेसारे फोटो’ सेयर गर्न थाले । धेरैले यसलाई प्रोफाइल पिक्चर नै बनाए । अहिले तपाईंले फेसबुक खोल्नुभयो भने टाइमलाइन पहेंलपूर देख्नुहुन्छ ।

प्रधानमन्त्रीको बेसारसम्बन्धी प्रवचनपछि सुरु सिलसिलाले अहिले अभियानकै रुप लिएको छ । तर, अलमलमा के परिन्छ भने यो बेसारे तस्वीर प्रधानमन्त्रीको समर्थनमा हो कि विरोधमा ? किनकी सरकारका समर्थक र विरोधि दुवैथरिले उत्साहका साथ बेसारे तस्वीर पोष्ट गरिरहेका छन् । दुवैथरिले पहेलो रंगलाई बेसारको प्रतिबिम्बका रुपमा अर्थ्याइएका छन् ।

सरकारका कडा आलोचक साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पनि यो अभियानले छोएको छ । उनले बुधबार आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर बेसारे तस्वीर हाले । उनले यो तस्वीरलाई विद्रोहका रुपमा अर्थ्याएका छन् । गहिरो विश्लेषण गर्दै मिश्रले लेखेका छन्, ‘सामाजिक सञ्जालमा फैलिरहेको यो सौम्य सुन्दर बेसारे रंगमा आजका युवाको विद्रोहको आवाज, आक्रोश र भविष्यको आकांक्षा पोतिएको छ भन्दा फरक नपर्ला ।’

त्यसो हेर्दा कलात्मक देखिने भएकाले यो तस्वीर धेरैले त यत्तिकै पनि हालेका छन् । यो तस्वीर बनाउन धेरै मिहिनेत पनि पर्दैन । फोटोल्याब नाम गरेको एपले केही सेकेन्डमै बनाइदिन्छ । हेर्दा हातले गरेको सुन्दर आर्टजस्तो देखिन्छ । तपाई पनि अहिले नै Photo Lab App डाउनलोड गर्नुस ( Andriod को लागी यँहा र IOS को लागी यंहा क्लिक गर्नुहोला) वा फोटो ल्याबको वेबसाईट मा गएर यँहा क्लिक गरेर आफ्नो बेसारे फोटो बनाएर फेसबुकमा पोष्ट गर्नुस् !
पद गएपछि रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने


