आइलिगमा सावित्राको जर्सी नम्बर फेरिने

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय टोलीबाट होस् वा क्लबबाट उनको जर्सी नम्बर ९ हो। उनलाई धेरैले साम्बा उपनाम र जर्सी नम्बर ९ बाट चिन्छन्।

तर भारतमा शुक्रबारबाट सुरु आईलिगमा उनको जर्सी नम्बर फेरिने भएको छ। गोकुलम केरला एफसीबाट आइलिग खेल्न लागेकी साम्बाले ७ नम्बरको जर्सी लगाएर मैदान उत्रिनेछिन्।

लिगको छनोट चरणको अन्तिम खेलमा अलकापुरालाई पराजित गर्दै उनको टोली आइलिगको लागि छनोट भइसकेको छ। सो खेलमा उनले २ गोल गरेकी थिइन्।

जर्सीबारे उनले नेपालखबरसँग भनिन्, ‘९ नम्बरको जर्सी गोकुलम कै सिनियर खेलाडीले लगाउने भएपछि मैले ७ नम्बरको जर्सी लगाउने भएको हो’

गत संस्करण सेथु एफसीबाट आइलिग खेलेकी साम्बाले ९ नम्बरको जर्सी नै लगाएकी थिइन्। सो संस्करणका ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी उनले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्

आइलिग महिला फुटबल शुक्रबारदेखि सुरु भएको छ। आगामी फेब्रुअरी १४ सम्म चल्ने लिगमा साम्बा सम्मिलित टोलीको पहिलो खेल आइतबार श्रीभुमी एफसीसँग हुँदै छ।

२ गाेल
आइलिगका लागि अन्तिम छनोट खेलमा मैदान उत्रेकी साम्बाले २ गोल गरिसकेकी छन्। साम्बाको टोलीले समग्रमा अलकापुरा लाई ९–१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हो। गत बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८–१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिइन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। पहिलो लेगमा गोकुलमले अलकापुरालाई १–० ले हराएको थियो।

कमजोर खर्च क्षमता र आयोजनाको लज्जास्पद प्रगत्तिले आर्थिक वृद्धिमा धक्का लाग्ने पक्का

Previous articleचीनको वुहानमा कोठामै थुनिए नेपाली, सांघाई गएका उतै अड्किए
Next articleमनाङ शीर्ष स्थानमा, सरस्वती रेलिगेसनको खतरामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।