पलभरमै धिताल परिवार लाई दैब लाग्यो : मुटुको टुक्रा झै श्रीमती र छोरा गु’माए
हेटौँडा – मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दु’र्घटना हुँदा धितालकी श्रीमती र छोराको मृ’त्यु भएको छ । जीपमा सवार तीन जना घा’इते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दु’र्घटना भएको थियो ।

दु’र्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृ’त्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठो’क्किएर दु’र्घटना भएको चितवन प्रहरीले जनाएको छ । धितालकी श्रीमतीको उ’पचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दु’र्घट’नामा परी चालक राजन घिमिरे ग’म्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बु’लेटसँग ठो’क्किएर दु’र्घटना भएको हो ।
त्यस्तै सैनामैना नगरपालिका– ८ कलौनीमा भएको सवारी दुर्घ’टनामा बाबुछोराको मृ’त्यु भएको छ । दु’र्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृ’त्यु भएको हो । दुर्घ’टनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुनुहुन्छ ।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठो’क्किँदा दु’र्घटना भएको प्रहरीले जनाएको छ । कार प्र’हरीको नि’यन्त्रणमा छ । ३ दिन अघि मात्र सवारी दुर्घ’टनामा परी रुपन्देहीमा एक कलाकार तथा पत्रकारको निध’न भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घ’टनामा नि’धन भएको थियो ।


