प्रधानमन्त्री ओली बारे अतिरन्जना फैलाएपछी नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

Click Image

प्रधानमन्त्री ओली बारे अतिरन्जित प्रशारण गरेपछि नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

यस्तो सामाग्री बनाएर प्रशारण गरेको थियो जी न्युजले 

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको अ’वैध सम्बन्ध, ओलीलाई मो’हनी लगाएको भन्दै भारतीय टिभीमा नेपालको मा’नमर्दन

भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आप’त्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक म’र्यादासमेत ख्याल नगरिकन अन’र्गल प्रचार गरेको हो । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘वि’षकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जा’लमा फ’सेर ओलीले भारत विरो’धी कदम चालिरहेको भनेको छ ।

आ’पत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’ राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अ’फवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्या’कमेलि’ङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लो’कला’जका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अ’पव्या’ख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ ।

नेपालको सरकारले आफ्नो अति’क्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रा’मक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दु’रुपयोग गरेको थियो । अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ । जी टीभीको हर्कत यसैको उत्कर्ष हो ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिर’ञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् । अझ सरिता गिरि पनि नेकपा कै नेता भएको र ओलीले उनलाई संसाद पदबाट हटाएको भन्दै अफ’वाह फैलाईएको छ ! यस्ता नि’च हर्क’त गर्ने टिभी च्यानलहरुलाई कारबाही गर्न नेपालले कुटनीतिक तरिकाले एक्सन लिनुपर्ने देखिएको छ !

छुमचौरमा मार्सी धान रोपाइँ

Previous articleनेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो
Next article“बिदेशमा दाजुभाइले चेलीबेटीलाई सहयोग गर्ला भन्दा लब पो गरम भन्छन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।