रियादमा रहेको दुताबासको सुचना: रियाद बाट उडान हुनेहरुको नयाँ नामलिस्ट आयो

0
58

रियादमा रहेको दुताबासको सुचना: रियाद बाट उडान हुनेहरुको नयाँ नामलिस्ट आयो

उज्यालो नेपाल, साउन ०६– साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले आगामी दिनहरुमा साउदीको रियाद बाट नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ !

अबका केहि दिनहरुमा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! दुताबासको सूचना यस्तो छ !

आगामी दिनहरुमा रियादबाट हुने चार्टर्ड उडान सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले आगामी दिनमा साउदी अरबको रियादबाट गर्ने चार्टर्ड उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ। हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt. Ltd. का श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140 , +00966 553101644 (Whats App) मा सम्पर्क गर्न अनुरोध छ।

हिमालय एयरलाईन्सको लागि दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 र श्री सुमित पौडेल +00966548500029, मा सम्पर्क गर्न अनुरोध छ । टिकेट बुकिंग सुनिश्चित पश्चात मात्र Covid -19 टेस्ट गर्नु हुन अनुरोध छ । उडान सम्बन्धी थप जानकारीको लागि सम्बन्धित एयरलाईन्ससंग सम्पर्क गर्न अनुरोध छ ।

नोट: अनलाईन फारम भरेका कतिपयले Exit Visa नलागेको भएता पनि Exit लागेको भनी फारम भरेको पाइएको छ। Exit Visa नलागेकाहरुले अनिवार्य रुपमा आफ्नो कम्पनी वा स्पोन्सरबाट Exit Visa लगाउन अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद । ०६ श्रावण २०७७

दार्चुलामा एनटी फाइबर सेवा सुरु

Previous articleसाउदीको दम्माम बाट उड्न पाउनेहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सूचना
Next articleतिन बच्चा कि आमालाई यौ’न स’म्पर्क राखौ भन्दै ब्ल्या’क्मे’लिं’ग गर्नेलाई कतारमा साई’बर क्रा’ई’मको मु’द्दा