अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; एसि’ड हा’न्नुअघि ३७ पटक मिसकल

अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; ए’सिड हा’न्नुअघि ३७ पटक मिसकल

काठमाडौँ — ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।  ‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् ।

केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए । आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए ।

मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसि’ड छर्किएर भागे । ए’सिड ती युवतीको गाला र निधारमा लाग्यो । आगो’ले पो’ले जसरी पी’डा हुन थालेपछि युवती चिच्या’उँदै छ’ट’पटिन थालिन् ।

युवतीमाथि ए’सिड छ’र्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित ब’र्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घा’इते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आ’रोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।

त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घट’नाका आ’रोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पी’डित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घट’नालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आ’रोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले ए’सिड प्र’हार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हातमा एसि’ड छ’र्किने क्रममा छ’चल्किएर ना’डी र पाखुरामा पो’लेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि एसि’ड प्रहार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर ए’सिड हान्न गएको हुँ, मलाई नै ए’सिड लाग्यो, सारै पो’लेको छ’ भन्दै प्रहरीलाई बयान दिए ।

महमद र एसि’डपी’डित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसि’ड हान्ने योजना बुनेको बयान दिएका छन् । ‘उनले रुपको सारै घ’मण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घ’मण्ड गर्न थालेपछि मलाई अस’ह्य भएर ए’सिड हान्ने योजना बनाएँ ।’ तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । उनले आलमसँग त्यस्तो झै’झ’गडा पनि कहिल्यै नभएको बताएकी छिन् ।

ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ । ‘जुजुधौ दही र चिउरा लिएर कोठातर्फ जाँदै थिए, एउटा खैरो सर्ट र मुखमा मास्क लगाएको मानिस कुदेर म भएको ठाउँमा आयो, हातमा भएको बस्तु मेरो अनुहारमा फ्ँया’केर भाग्यो,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘मेरो कसैसँग झ’गडा पनि परेको थिएन, तर त्यो मानिस म पसलमा जाँदा परबाट नियालिरहेको थियो ।’

एसएसपी थापाका ए’सिड हान्नेमाथि अनु’सन्धान गरी मु’द्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए । ए’सिड प्रहारपछि प्रहरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए । ‘हामी घटनापछि निकै द’बाबमा थियौं,’ थापाले कान्तिपुरसग भने, ‘तर परिसर र महाशाखाको संयुक्त प्रयासमा घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सम्भव भयो ।’

यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि ए’सिड प्र’हार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि ए’सि’ड प्र’हार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसि’ड प्रहा’र गरेका थिए । २०७१ चैतमा ए’सिड हान्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

एसि’ड प्रहारका घ’टना अन्य जिल्लामा पनि बर्सेनि दोहोरिने गरेको छ । कतिपय घटनामा मायाप्रेम अस्वीकार गर्दा र कतिपयमा आपसी झग’डाका कारण घट’ना यस्ता घ’टना भएको देखिएका छन् ।

प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

Previous articleसाउदीमा रहेको नेपाली दुताबासको अत्यन्त जरुरी सुचना
Next articleदेशको चिन्तामा बोले रवि लामिछाने: भन्छन, बा बौलाए भने बालाई पाता कसेर भएपनि उपचार गराउनु पर्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।