कालिकामा जिप दुर्घटना हुँदा खैरहनीका राममणि न्यौपानेको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका–११ सिद्धि कल्याणचौर नजिकको भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिजो मंसिर ६ गते शनिबार राति २२:३० बजे सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा १८ च ८९७३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरो चालक चितवन खैरहनी नगरपालिका–४ निवासी अन्दाजी ६३ वर्षीय राममणी न्यौपाने गम्भीर घाइते भएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका कारण उनलाई तत्काल उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो। बोलेरोमा चालक बाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ।

तर मंसिर ७ गते राती ००:१५ बजे भरतपुर सरकारी अस्पताल पुगेपछि चिकित्सकले प्रारम्भिक परीक्षण दौरान नै न्यौपानेलाई मृत घोषणा गरेका हुन्। मृतकको शव भरतपुर सरकारी अस्पतालमै राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुटपानीले जनाएको छ।

Previous articleएकीकृत कृषक साकोसको नेतृत्व चयन कार्यक्रम; अध्यक्षमा विष्णुप्रसाद अर्याल
Next articleExpert Strategies to Improve Live Game Outcomes at Rouge Casino
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।