आप्पा मसला? भन्दै मलेशियामा नेपाली गार्ड कु’ट्ने व्यक्ति नेपाली नै रहेको खुलासा

आप्पा मसला? भन्दै मलेशियामा नेपाली गार्ड कु’ट्ने व्यक्ति नेपाली नै रहेको खुलासा, भिडियो तल अन्तिममा हेर्नुहोला 

मलेसियामा नेपाली कामदारमाथि कु’टपि’ट भइरहेको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । ४४ सेकेण्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षा गार्डलाई नि’र्घात रुपमा कु’टपि’ट गरिरहेका छन् । अपार्टमेण्टको पार्किङ्गमा कु’टिरहेका नेपाली श्रमिकलाई मले भाषामा गा’ली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पि’टाई खाईरहेका छन् ।

भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडी देउ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडी देउ भनिरहेका छन् । सो भिडियो सामाजिक सञ्जालमा भाईरल भइसकेपछि मलेसिया स्थित नेपाली दूतावासले सुचना जारी गरी भिडियोमा भएका व्यक्तिको बारेमा जानकारी भएमा खबर गर्न आह्वान गरेको थियो । भिडियोमाथि कमेण्ट गर्दै धेरै नेपालीले कु’टपि’ट गर्नेलाई क’डा सजा’यको माग गरेका छन् । मलेसियास्थित विभिन्न निकायले सो घ’टनाको नि’न्दासमेत गरेका छन् ।

कु’ट्ने पनि नेपाली नै

मलेसियामा नेपाली कामदारमाथि कु’टकु’ट गर्ने व्यक्ति नेपाली नै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षा गार्डमाथि कम्पनीका नेपाली सुपरभाईजले नै निर्घात रुपमा कु’टपि’ट गरेका हुन् । पी’डित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कु’टाई खाने नेपाली श्रमिकका दाईले नेपालबाट दूताबासलाई सम्पर्क गरेका थिए ।

राजदूत पाण्डेले भने, ‘हामी श्रमिक भएको स्थानमा गएर पी’डितलाई दूतावासमा ल्याएका छौ । सुरक्षाका लागि उनलाई दूतावासमा नै राखिएको छ ।’ राजदूत पाण्डेका अनुसार पी’डक नेपाली श्रमिक गै’रका’नुनी रुपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पी’डक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ ।

सोमबार प्रहरीमा मुद्दा दायर गरिने

नेपाली सुरक्षा गार्डमाथि भएको कु’टपि’टको घट’नालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा के’श दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक विदा हुने भएकाले दूतावासले सोमबार मात्रै के’श दर्ता गर्ने जनाएको छ । दूतावासले पी’डकलाई सम्पर्कगरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । पाण्डेका अनुसार पी’डकको भिसाको अवस्थाकोबारेमा भने विस्तृत जानकारी नभएको बताए ।

सोमबार प्रहरीमा उ’जुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उ’जुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पी’डक र पी’डितको नाम र कम्पनी खुलाउन मानेनन् ।

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

Previous articleत्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरूप फेरियो, ‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’
Next articleसाउदीबाट घर फर्कंदा जरिवानामा परिने चिन्ता छ ? जान्नुहोस् यी नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।