घर फर्कन Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना

घर फर्कन Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना

 

उज्यालो नेपाल, भाद्र ४- साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि अावेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।

यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म ६१८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ४९८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका १२० जनाकाे नामावली यसैसाथ संलग्न छ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ।

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद । २०७७।५।४

संसदमा बजेटमाथि उठेका प्रश्नहरुको आज प्रधानमन्त्रीले जवाफ दिनुहुने

Previous articleपत्नी पी’डित पतिहरू घर न घा’टको
Next articleस्थगित भएका चार्टर्ड उडान फेरी सुरु हुने; काठमाडौँ झरेर बस्नुपर्ने होटलको सूची सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।