विदेशबाट फर्किँदा पी’सीआर नेगे’टिभ भए घर जान पाइन्छ : मन्त्री भट्टराई
८ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पी’सीआर परीक्षण गरी रिपोर्ट नेगे’टिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलो’चना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगे’टिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताएका हुन् । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगे’टिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिव’द्धतासहित घर जान दिइन्छ’ उनले भने । पीसी’आर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ ।

अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै ख’र्च व्य’होर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै मन्त्री भट्टराई ११ हजारमा ७ रात र ८ दिनको होटल क्वा’रेन्टिनमा बस्न सकिने बताए । विदेशमा अल’पत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभ’एका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

‘विदेशमा अल’पत्र परेका, फर्कने कुनै आधार नभ’एका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि का’ट्छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्य’होर्छ र पी’सीआर खर्च पनि सरकारले व्यहो’र्छ’ उनले भने, ‘कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरुले टिकट पनि का’ट्नु’पर्छ । कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहो’र्नुपर्छ ।’


