कतारमा नेपालीलाई राम्रो काम पाउन सहज; सीप भएका कामदार राम्रो काममा जोडिन बाटो खुल्यो
काठमाडौँ — कतार पुगेपछि अर्घाखाँचीका नियमबहादुर विश्वकर्माले कम्प्युटर चलाएर काम गर्ने सपना देख्न छा’डे । हातमा प्लस टु र कम्प्युटरमा डिप्लोमाको सर्टिफिकेट थियो । अंग्रेजी भाषा पनि जान्दथे । तैपनि उनले क्ष’मता अनुसारको अवसर पाइरहेका थिएनन् । कम्पनीले ‘क्लिनर’ को काम दिइरह्यो । ‘मैले नेपालमा अवसर नपा’एपछि वै’देशिक रोजगारीमा आए । यहाँ कम्पनीले जे काम दिन्छ । त्यही गर्नुपर्छ,’ उनले भने, ‘मेलै प्रशासन सहायकको काम गर्न सक्छु ।
अवसर आए पनि हात पार्न सकिनँ ।’ कम्पनीले उनलाई अर्को कम्पनीमा जान (रिलिज पेपर) कहिल्यै दि’इएन । हातमा आइराख्ने ती अवसरहरू ‘आकाशको फल’ जस्तै भइरह्यो । कतारले कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति नचा’हिने नियम ल्याएपछि भने उनी खुसी छन् । नियमबहादुरले फेरि प्रशासन सहायकको काम गर्ने सपना देख्न थालेका छन् ।


‘अब मेरो क्लिनर हुने दिन सकियोजस्तो लाग्न थालेको छ,’ उनले भने, ‘अब मैले कतारमा साँचिकै भविष्य देख्न थालेको छु ।’ २००७ देखि कतारमा कार्यरत मदनकुमार खड्काले स्पोन्सरसिप चेन्ज गर्न पाउने कुराले खुसी बनाएको बताए । ‘श्रमिक हितमा कानुन परिवर्तन भएको अवस्थामा हामी नेपालीलाई धेरै राम्रो हुन्छ । आफूले भनेजस्तो काम गर्न र खोज्न पाइन्छ । रुचिको काम गर्न पाइन्छ । अरूको दबा’बमा पर्न परेन । म पनि अन्य ठाउँमा काम खोज्नेछु,’ उनले भने, ‘कम्पनी, कानु’नको बा’ध्यता र घरायसी सम’स्याले अहिलेसम्म एउटै कम्पनीमा काम गरिरहेको छु ।’
श्र’मिकको अवस्था बलियो
आफ्ना कामदारलाई छाडेर आफूखुसी अन्त जान नदिन कम्पनीका लागि ‘रिलिज पेपर’ निकै बलियो ह’ति’यार थियो । जस्तो व्यहार गरे पनि श्रमि’कले काम छो’ड्ला र अन्त जाला भन्ने ड’र कम्पनीलाई थिएन । कम्पनीसँग बाँ’धिएर श्र’मिकले बा’ध्य भएर एकै ठाउँमा काम गर्नुपर्दथ्यो । अनुभव र क्ष’मता भए पनि श्र’मिक पे’लिएर काम गर्नुपर्थ्यो । रिलिज न’चहिने प्राव’धानले वर्षौंदेखि थु’निएर बसेका क्ष’मतावान् श्र’मिक खुला भएका छन् । ‘अब कम्पनीले भि’सा र’द्द नै गरेर श्र’मिकको इच्छा’विप’रीत नेपाल पठाउन स’क्तैन । यो नभ’एपछि आफ्नो रुचिअनुसारको काम रोज्न पाएका छन्,’ कतारको श्र’म मामि’लाका जानकार दीपक भेटवालले भने, ‘यसले श्र’मिकको आ’त्मवि’श्वास र म’नोबल बढ्ने भयो ।’

सामान्य श्र’मिकका रूपमा पुगेका नेपालीले कम्पनीको माथिल्लो तहमा पनि प्रतिस्पर्धा गर्न पाउने वातावरण बनेको छ । सधैंभरि त’ल्लो तहमा न्यू’न तलबमा मात्रै काम गरिराख्नुपरेन । यति भएपछि कम्पनीले आफ्ना श्र’मिकलाई उचित व्यवहार गर्नुपर्ने हुन्छ । ‘जुन कम्पनीले उचित व्यवहार गर्दै’न । त्यस्तो कम्पनीमा अब श्र’मिक स’हेर बस्दैन । क्षमता र योग्यताअनुसार तलब र सेवासुविधामा कम्पनीसँग श्र’मिकको बा’र्गेनिङ पा’वर बढ्नेछ,’ उनले भने ।
कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्रले कतारको श्र’म बजारमा श्र’मिकको पो’जिसन बलियो भएर आएको बताए । ‘म्या’नपावरले जस्तो माग’पत्र खोजेर श्र’मिक पठाएको थियो । त्यसैमा अ’ल्झेर बस्नुपर्थ्यो । नचा’हेर पनि एकै प्रकृ’तिको काम गर्न बा’ध्य थिए । स्पोन्सरसिप कानुन क’ठोर र न्यूनत’म तलब नभ’एको आ’डमा श्र’मिकको अ’वस्था पी’डादा’यी छ । यी दुवै पा’टोमा सु’धार गरेर श्रमिकको पोजिसिन सुर’क्षित भयो । कामअनुसारको तलब नपाएकाहरू, स्किलअनुसार काम नपाएको श्र’मिक जहाँ उचित तलब र काम पाउने भयो, त्यही जाने अवस्था बन्यो,’ उनले भने, ‘नेपालीको बा’हुल्य रहेको श्रम बजारमा यति सु’धार हुनु भनेको त नेपालीले नै बढीभन्दा बढी अवसर पाउनु हो ।’’

‘विदेशी श्रमि’कमाथि शो’षण हुने अवस्था, बोल्न पनि न’पाउने, जसरी पनि काम गरेर बस्नुपर्ने, अन्त पनि जान नपा’उने, घर आउन पनि पनि नदि’ने विकल्प थिएन,’ उनले भने, ‘अब त विकल्प दिएको छ । यसको प्रभा’वकारी कार्यान्वयन हुनुपर्छ ।’
समान तलब तोक्दा नेपाललाई फाइदा
कतारले श्रम बजारलाई खुला रूपमा छा’डेको थियो । न्यूनतम तलब तोकेको थिएन । जुन देशले श्र’मिक पठाउने हो, उसैले आफ्नो तर्फबाट श्र’मिकको न्यूनतम तलब निर्धा’रण गर्ने हो । पछिल्लोपटक नेपालले तोकेको तलब प्रति’स्पर्धी देशले तोकेको भन्दा बढी थियो । अ’दक्ष श्र’मिक पठाउने मुख्य प्रति’स्पर्धी मुलुक बंगलादेशले ७ सय रियाल तो’क्दा नेपालले ९ सय रियाल तोकेको थियो । अफ्रिकी मुलुकबाट आउने श्र’मिकले पनि ७ सयकै हा’रहा’रीमा थियो । जसले गर्दा नेपालले सहज पाइरहेको मागपत्र बंगलादेश र अफ्रिकी मुलुकतर्फ मो’डिएको थियो ।

कतारले सबै देशका श्र’मिकलाई समान रूपमा लागू हुने गरी न्यू’नतम तलब एक हजार रियाल निर्धारण गरेको छ । जसले खाना र बस्नसहितको सुविधा दिन्छ, उसले ओभरटाइमबाहेक एक हजार रियाल पाउँछ । जुन कम्पनीले खानाको सुविधा मात्रै दिन्छ तर बसोबासको सुविधा दिँदैन भने ओभरटाइमबाहेक १५ सय रियाल दिनुपर्छ । जुन कम्पनीले खाना र बसोबास दुवै सुविधा दिँदैन भने उसले १८ सय रियाल दिन्छ । यो व्यवस्थाले नेपाली श्र’मिकको तलब मात्रै सुरक्षित भएन कि नेपाली श्र’मिकमाथि भइरहेको शो’षण पनि अ’न्त्य हुने मिश्रको भनाइ छ । ‘कम्पनीले शो’षण गरेर जरु’रतभन्दा बढी फाइदा गरिरहेको छ । अब त्यसरी शोष’ण गर्न पाइँदैन । अनु’चित लाभ लिन नपा’इने हो,’ उनले भने, ‘सबैको तलब एकसमान भयो । बंगाली, केन्या, फिलिपिन्सको समान भयो ।’
समान तलब भएकाले कतारमा नेपालीको माग बढ्ने निश्चित छ । ‘तलब निर्धारणले माग गु’म्दैन कि नेपालीको बजार थप सुरक्षित भएको छ । नेपाली क’डा मिहिनेत छन् । इमान्दार छन् । सोझा छन् भन्ने नै हाम्रो कतारी बजारमा पहिचान हो । शो’षण र ठ’गी भएन भने नेपाली अना’वश्यक ब’बाल गर्दैन भनेर रोजगारदाताले नै मानेको छ । अरूभन्दा पनि हाम्रो गुण’स्तर बढी छ । हाम्रो अरूसँग प्रति’स्पर्धा नै छैन,’ उनले भने ।

बरु यसअघि गुम्दै आएको मागपत्र फेरि नेपालतिरै फर्किने सम्भावना बढेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले कतारी कम्पनीको लागि अझै नेपाली श्र’मिक नै पहिलो प्राथमिकतामा रहेको बताए । ‘केही वर्ष नेपाली श्र’मिक चाहेर पनि आन्तरिक प्रति’स्पर्धाले हामीले मागपत्र गुमा’उनुपर्यो । जुन कम्पनी दोहो’रो करारपत्र बनाउँथे, उसले त नेपाली नै लगिरह्यो । जसले दो’होरो करारपत्र बनाएन उसले नेपालीको वि’कल्प छाने,’ उनले भने, ‘सबै देशलाई एउटै तलब लागू भएपछि श्र’मिकको तलब पनि सुरक्षित भयो । बजार पनि सुरक्षित भयो ।’
कतारमा भारतीय श्र’मिकपछि नेपालीकै बाहुल्य थियो । कतार राष्ट्रिय मानव अधिकार समितिको अनुसार नेपालले एकतर्फी रूपमा न्यू’नतम तलब लागू गरेको वर्ष सन् २०१३ मा कुल जनसंख्याको २३. ५ प्रतिशत नेपाली श्र’मिक थिए । ३ लाख ३९ हजार नेपाली कार्यरत थिए । त्यतिखेर कतारको जनसंख्या १४ लाख ४९ हजार थियो । ९ प्रतिशत मात्रै बंगाली थिए । गत वर्षसम्म आइपुग्दा नेपालीको श्र’मिकको संख्या आधा घटेको देखिन्छ । कतारको कुल जनसंख्या २० लाख ८३ हजार पुग्दा नेपालीको उपस्थिति कुल जनसंख्याको १२.५ प्रतिशत थियो । बंगालीको उपस्थिति बढेर १२ प्रतिशत पुगेको थियो ।

गुरुङका अनुसार न्यूनतम तलब तोकिएपछि भर्ना प्रक्रियालाई न्या’योचित बनाउन मद्दत पुग्नेछ । ‘अब भर्ना प्रक्रिया न्या’योचित हुन्छ । छ’लक’पट हुँदैन । श्रम विभागमा एउटा पेस हुने र कतारमा पुग्दा कम्पनीले अर्को दिने अवस्था हुँदैन । यो भएपछि म्यानपावरमाथि एकतर्फी रूपमा लाग्ने दा’ग पनि हट्नेछ,’ उनले भने ।
रोजगारीमा स्थायित्व
५० को दशकयता झन्डै १५ लाख जनाले कतार जान श्रम स्वीकृति लिइसकेका छन् । सन् २०१० मा कतारले विश्वकप खेलाउने देशको रूपमा चुनिएपछि हरेक वर्ष १ लाख जना नेपाली श्र’मिक गइरहेका थिए । तर करार अवधि थप्ने नेपाली असाध्यै थोरै छन् । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष ३१.६ प्रतिशत पुरुष र १०.३ प्रतिशत महिलाले करार अवधि थप गरी पुनः कतारको रोजगारी निर’न्तरता दिएका छन् । लकडाउन सुरु हुनुअघिसम्म ३ लाख ५१ हजार नेपाली कार्यरत थिए । लकडाउन पछि नयाँ नेपाली श्र’मिक जान पाइरहेका छैनन्, फर्किने मात्रै छन् ।

‘एउटा सोच लिएर गएको हुन्छ । एउटा आ’शा हुन्छ । त्यहाँ गएपछि १ सय ८० डिग्री फरक पर्छ । उनीहरूको आशा नै म’र्छ । सोचेको न्यूनतम कुरा पनि पूरा हुँदैन । जे’नतेन दुई वर्ष बसेर फर्किन्छन्,’ भेटवालले भने, ‘अब भने फर्किने अवस्था कम हुन्छ । यसले थप अवसरका लागि त्यही प्रति’स्पर्धा गर्छ ।’
एक हजार रियाल न्यूनतम तलब पाउँदा ओभर टाइमले रकम बढाइदिन्छ । एक जना श्र’मिकले दैनिक रूपमा सरदर दुई घण्टा ओभरटाइम गरेकै हुन्छ । उसले महिनामा सरदर ७८ घण्टा ओभरटाइम गरेको हुन्छ । न्यूनतम तलबबाहेक बिदाका दिनबाहेक ४ सय ६ रियाल आउँछ । ओभरटाइमसहित १४ सय ६ रियाल (४५ हजार रुपैयाँ) हात पर्ने अवस्था छ ।
एक कम्पनीका मानव संसाधन प्रमुख सञ्जीव रानाभाटले अ’दक्ष श्र’मिकले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म नेपाल पठाउने अवस्था बनेकाले अब पहिला जसरी करा’र अवधि र’द्द गर्ने अवस्था ‘कम हुने बताए । ‘अ’र्धदक्ष श्र’मिकले योभन्दा पनि बढी तलब आउने हो । अब कतार छिर्ने जो कोहीले कम्तीमा ३२ हजार त पठाउने सुनिश्चित नै भयो,’ उनले भने, ‘जुन कम्पनीले न्यूनतम तलबसमेत दिन सक्ने हैसि’यत छैन । त्यस कम्पनी त स’जायको भा’गिदार बन्छ नै । उसको कारोबारसमेत र’द्द हुन्छ ।’

नयाँ अवसर कतारमा पाउने भएपछि श्र’मिकमाथि अर्को देशमा अवसर खोज्दै जाने बा’ध्यता पनि हट्नेछ । जसले गर्दा श्रमि’कमाथि थप ऋ’णभार लाग्ने छैन । १६ वर्षदेखि कतारमा व्यवसाय चलाउँदै आएका टीबी कार्कीले अब बिदामा गएर फेरि कतारमै रोजगारीमा आउनेको संख्या बढ्ने बताए । ‘दुई वर्षका लागि आउने अनि फर्किने श्र’मिकको बाहुल्य थियो भने अब घ’ट्छ । स्था’यित्व बढ्छ । मार्केट रेट बढ्छ,’ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वउपाध्यक्षसमेत रहेका कार्कीले भने, ‘कम्पनी पनि नयाँ ढंगले चल्छ ।’
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारको प्रतिव्यक्ति आयको हिसाबले न्युनतम तलब अझै क’म भएको बताए । ‘कतारले पहिलोपटक न्यूनतम तलब निर्धार्रण गरेको छ । यो सुखद हो । यसको स्वागत गरेका छौं,’ उनले भने ।


