साउदी बाट बिदामा नेपाल आएका व्यक्तिहरुलाई नेपाली दुताबासको अत्यन्त जरुरी सूचना

साउदी बाट बिदामा नेपाल आएका व्यक्तिहरुलाई नेपाली दुताबासको अत्यन्त जरुरी सूचना

उज्यालो नेपाल, असोज ०२, काठमाडौँ! साउदीमा रहेको नेपाली दुताबासले ” साउदी अरेबियाको विभिन्न कम्पनीहरुमा कार्यरत रही विदा (Vacation) तथा पुनः आगमन (Re-entry) भिषामा नेपाल फर्किएका र साउदी फर्कने पर्खाईमा रहेका नेपालीहरुलाई सुचना जारी गरेको हो! अब साउदी फर्कदा कस्ता कस्ता नियमहरु पालना गर्नुपर्छ, के के कागजातहरु तयार गर्न पर्छ भन्ने विषय सुचनामा समेटिएको छ! तपाई पनि यो सुचना पढी सबैको जानकारीको लागी एक शे-यर गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ!

साउदी अरेबियाको विभिन्न कम्पनीहरुमा कार्य र रही बिदा (vacation) तथा पुनःआगमन (re-entry भिषामा स्वदेश गएका नेपालीहरुलाई जरुरी सूचना

साउदी सरकारले सेप्टेम्बर १५, २०२० बाट लागु हुने गरी साउदी अरवको भिसाको म्याद (valid visa) भएका आप्रवासी कामदार र अन्य नागरिकहरू तोकिएका मापदण्ड पुरा गरेर साउदीअरब अर्की फर्किन सक्ने गरी खुल्ला गरेको छ! तसर्थ बिदा (vacation) तथा पुनः आगमन (Re-entry) भिषामा स्वदेश जानुभएका नेपालीहरु निम्न प्रक्रिया पूरा गरी साउदीअरब फर्कन सक्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ!

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

१. विदाबाट फर्किने वा पुनः आगमन (Re-entry) भिषामा गएकाहरुले आफ्नो कम्पनीले आउन अनुमति दिएको कागजात (नोअब्जेक्सन लेटर) अनिवार्य रुपमा प्राप्त गर्नुपर्नेछ! कम्पनीले आउने अनुमति नदिँदा सम्म Re-entry visa भएकै आधारमा यात्रा नगर्नुहुन अनुरोध छ!

२. साथै विदाबाट फर्किने वा पुनः आगमन (Re-entry) भिषामा भएका तर नेपाल सरकार बैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिनुहुन अनुरोध छ! यसका लागि रोजगारदाता कम्पनीले अनुमति दिएको कागज (नोअब्जेक्सन लेटर) उक्त कम्पनीले आफ्नो आधिकारिक इमेलबाट नेपाल सरकार बैदेशिक रोजगार कार्यालयको इमेल मा पठाउनुपर्नेछ!

३. माथिका कागजात र प्रक्रिया पुगेका नेपालीहरुले साउदीअरब आइपुग्ने अवधीको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट PCR परीक्षण गरी परीक्षण Negative भएको प्रमाणपत्र अनिवार्य रुपमा बोर्डिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनुपर्नेछ!

४. साउदीअरब आउने यात्रुहरुले साउदी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाइएका स्वास्थ्य सम्बन्धी सबै व्यवस्थाहरु पालना गर्नेछु भनी एअरपोर्टमा आगमन पश्चात कागजमा हस्ताक्षर गर्नुपर्नेछ कागजको नमुना यसै सूचनामा संलग्न गरिएको छ!

साउदी एअरपोर्टमा आगमन पश्चात हस्ताक्षर गर्नुपर्ने कागजको नमुना यस्तो छ!

५. साउदी सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त जानकारीअनुसार आकामा वा भिसाको म्याद सकिएका, Expire भएकाहरूको हकमा सेप्टेम्बर ३०, २०२० सम्म आकामा र भिषा स्वत: नविकरण हुने छ! अक्टोबर २०२० पछि लागि साउदी सरकारले गर्ने निर्णय उपयुक्त सम्बन्धमा जानकारी गराईनेछ! अर्को निर्णय नभएसम्म नयाँ Visa Stamping नहुने बुझिएको छ!

तसर्थ माथिका बुँदाहरुमा राम्रो ध्यान दिनु हुन सम्बन्धित सबै नेपालीहरुमा नेपाली राजदूतावास अनुरोध गर्दछ! नेपाली राजदुताबास रियाद, २०७०, असोज १ गते 

 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

Previous articleसाउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो ; तपाईको नाम आयो कि आएन? हेर्नुहोस्
Next articleविदेशमा ट्राभल एजेन्सीले बढी भाडा लिए भने उ’जुरी गर्नुहोस्, हामी कार’बाही गर्छौं
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।