Home ताजाखबर अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

0
408

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। केही दिनअघि उनको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो।

हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। हाल उनी आइसियूबाट जनरल वार्डमा स्वास्थ्यलाभ गर्दैछिन्।

‘छ माया छपक्कै २’ को सुटिङकै बीचमा दीपाश्रीलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो।

Previous article‘अघोरी’ लघुकथा सङ्ग्रहमा समकालीन यथार्थ र वैचारिक चेत: एक गहन विश्लेषण
Next articleपिठुवा सिँचाइलाई नयाँ हाइड्रोलिक एक्साभेटर हस्तान्तरण
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।