साउदी अरेबियाले प्रतिबन्ध हटायो, मक्का मदिनामा तीर्थयात्रीको चहलपहल सुरु
काठमाडौं। साउदी अरेबियाले कोरोनाभाइरस फैलिन नदिने उद्देश्यले लगाएका प्रतिबन्ध हटाएसँगै मक्का मदिनामा तीर्थयात्रीहरुले आइतबार उमराहको लागि इस्लामको सबैभन्दा पवित्र स्थल काबाको परिक्रमा गरे । अल जजीराका अनुसार अहिलेलाई साउदी सरकारले आफ्नो देशका नागरिक र आफ्नो देशमा बस्ने आप्रवासी मुस्लिमहरुको लागि मात्र मक्का मदिना यात्राको अनुमति दिएको छ । संक्रमण रोक्नको लागि साउदी सरकारले मार्च महिनामा उमराह स्थगित गर्ने निर्णय गरेको थियो ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here


धार्मिक परम्पराअनुसार विश्वको कुनै पनि मुसलमानले कुनै पनि समयमा उमराह गर्न सक्छन् । उमराह दुई घण्टाभित्र अत्यन्तै छिटो गरिने निकै खतरनाक आध्यात्मिक प्रक्रिया हो । हज र उमराह गर्ने तीर्थयात्रीले काबाको वरिपरी परिक्रमा गर्नुपर्छ । काबाको महत्व यत्ति कुराबाट अनुमान गर्न सकिन्छ कि विश्वका मुसलमान यसको दिशामा पाँच पटक नमाज पढ्छन् ।

पहिलो चरणमा सरकारले प्रतिदिन ६ हजार तीर्थयात्रीलाई मस्जिदमा प्रवेशको अनुमति दिएको छ । प्रत्येक व्यक्तिले ३ घण्टाभित्र तीर्थयात्रा पूरा गर्नुपर्नेछ । मस्जिदमा प्रवेश गर्नको लागि आगन्तुकले अनलाइन आवेदन गर्नुपर्नेछ । सरकारी टेलिभिजनले आइतबार देखाएको फुटेजमा लगभग ५० जनाले काबाको परिक्रमा गरिरहेको देखिएको छ ।

प्रतिबन्ध खुकुलो पार्ने दोस्रो चरण १८ अक्टोबरदेखि लागू हुनेछ । गृह मन्त्रालयका अनुसार देशबाहिरका मुसलमानले १ नोभेम्बरदेखि उमराहको अनुमति पाउनेछन् । विश्वभरीका मुसलमानले वर्षैभरी उमराहको लागि मक्काको यात्रा गर्छन् । मुस्लिम धार्मिक नियमअनुसार उमराह वर्षको कुनै पनि महिनामा गर्न सकिन्छ ।

हज मन्त्री मोहम्मद बेनटेनले बताएअनुसार यहाँ आउने श्रद्धालुहरुलाई समूहमा बाँडिनेछ ताकि मक्काको मस्जिदमा शारीरिक दूरी कायम रहोस् । साउदी अरब सरकारद्वारा जारी तथ्यांकका अनुसार हज र उमराहबाट साउदी सरकारले १ वर्षमा १२ अर्ब डलर कमाउँछ ।


