धेरै कमाउने लो’भले विदेशमा यति सम्म दु:’ख पाईयो; दला’लको दलदलले औला नै का’टियो

धेरै कमाउने लो’भले विदेशमा यति सम्म दु:’ख पाईयो; दला’लको दलदलले औला नै का’टियो

(काँकडभिट्टा) – मोरङको उर्लाबारी–७ का २३ वर्षीय एन्जल परियार १२ कक्षाको पढाइ सकेर घरमै थिए । नाताले मामा कमल गाउँपालिकाका २५ वर्षीय किरण नेपालीले रोजगारीका लागि टर्की लैजाने एजेन्ट फेला पारेको खबर सुनाए । एन्जल उत्साहित बने र आफू पनि जाने भन्दै चासो राखे । दमक–८ का योगशिक्षक लक्ष्मीप्रसाद काफ्लेमार्फत उनकी श्रीमती गीता काफ्लेको सम्पर्कमा पुगे उनीहरू । कुराकानी भएपछि जनही १० लाख रकम तिरेर टर्की जान तम्तयार भएर बसे । २०७५ फागुन अन्तिम साता उनीहरूलाई भारतको बागडोगरा विमानस्थलबाट दिल्ली पुर्‍याइयो ।

विमानस्थलसम्म छाड्न गीताका श्रीमान् लक्ष्मीप्रसाद पुगेका थिए । दिल्ली पुगेपछि मात्रै उनीहरूलाई नेपालबाट वैधानिक रूपमा टर्की जान नमिल्ने बताइयो । ‘यत्रो पैसा तिरेर गैरकानुनी बाटोबाट जानुपर्ने हो भने हामी नजाने भन्यौं,’ एन्जलले सुनाए, ‘दिल्लीमा एक महिना बसेर घर फर्कियौं ।’ दिल्लीबाट जान नमानेपछि एजेन्टले नेपालबाटै उडाउने तर केही समय लाग्ने बताए । उनले काठमाडौंका विष्णु गुरुङ नामका अर्का ए’जेन्टसँग सम्पर्क गराए । उनले सेटिङ मिलाउन ८/९ महिनाजति लाग्ने बताए ।

दिल्ली बसाइका क्रममा करिब १ लाख रुपैयाँ खानबस्नमै खर्च भएको किरण बताउँछन् । घरमै रहेका बेला बीचबीचमा अनेक बहानामा गुरुङले पैसा पठाउन भने । उनीहरूले पठाइरहे । अचा’नक आठ महिनापछि गुरुङको फोन आयो, ‘भिसा लाग्यो तपाईंहरू तुरुन्तै काठमाडौं आउनू ।’ काठमाडौं पुगेपछि टर्कीको सिधा फ्लाइट नभएकाले दुबई भएर जानुपर्ने ए’जेन्टले सुनाए । गत मंसिर अन्तिममा उनीहरू टर्की जान भनेर दुबई उडे । एजेन्टले दुबईका लागि दुवै जनाको १५ दिनको पर्यटक भिसा बनाएका रहेछन् ।

दुबईमा केही दिन बसेपछि इरान हुँदै टर्की जानुपर्ने गाइँगुइँ सुने एन्जलले । एजे’न्टको कुराले उनको मनमा चि’सो पस्यो । तर पहिला दिल्लीबाट झैं घुर्क्याएर घर फर्किने अवस्था थिएन । अन्ततः इरान उड्न मन्जुर भए । दुबईबाट इरान पुगेपछि स्थानीय एजेन्ट सम्पर्कमा आए । उनैले दुवैलाई एयरपोर्टबाट रिसिभ गरेर हिमाली गाउँतिर लगे । ‘कहिल्यै नपुगेको, नदेखेको देशमा कता लगे लगे, पत्तो लाउनै सकिनँ,’ एन्जलले सुनाए, ‘ठीक ठाउँमै लगेको होला भन्ने लाग्यो ।’ साँझ पर्न लागेको थियो । जाडो बढ्दै थियो । एकसरो कपडाले थेग्न सक्ने स्थिति  थिएन ।

त्यसमाथि हिउँको बाटो हिँड्नुपर्ने अवस्थाले उनीहरू थप दु’खित बने । इरानको हिमाली क्षेत्रमा एउटा ठूलो सुरुङ नजिक पुर्‍याएपछि स्थानीय एजेन्टले उनीहरूको झोला थु’ते र जबर्जस्ती सुरुङमा को’च्न खोजे । हेर्दै ड’रलाग्दो र पानी बगिरहेको सुरुङमा पस्ने आँट न एन्जलले गरे, न किरणले नै । उनीहरू डरा’ए । एकसाथ भने, ‘यस्तो बाटोबाट हामी जाँदैनौं, अर्को बाटो लैजानू ।’ ती एजेन्टले भाषा बुझेझैं गरी अर्को बाटोतिर हिँडाए । त्यहाँबाट करिब पाँच किलोमिटर लामो सुरुङको अन्तिम विन्दुमा टर्की जोडिन्छ ।

उनीहरू रा’तभर हिउँको बाटो हिँडिरहे । ‘चि’प्लिएर कति ठाउँ लडियो ल’डियो । हिउँले खाएर मेरो हात नै सु’न्नियो,’ एन्जलले भने, ‘पछि औंला नै का’ट्नुपर्‍यो ।’ दाहिने हातको माझी र साइँली औंला उनले गु’माएका छन् । अ’वैध ढंगबाट टर्की छिर्न लागेको थाहा पाएपछि इरानी सेनाले फा’यरिङ पनि गर्‍यो । कसोकसो ज्या’न बचाए । करिब १२ घण्टापछि टर्की छिरे । त्यहाँ तीन दिन राखेर पानीजहाज चढाई टर्कीको रा’जधानी स्तानबुल पुर्‍याइयो । त्यहाँ पुग्दा अरू तीन नेपाली युवा पनि देखिए । बडो क’ष्टसाथ स्तानबुल पुगेका उनीहरू प्रहरीको फ’न्दामा परे ।

साथमा पासपोर्ट थिएन । प्रहरीले सोधपुछपछि अन्य चार जना नेपालीलाई छा’ड्यो । तर एन्जललाई छा’ड्न मानेन । किनकि प्रहरीले उनको देशको नाम अफ’गानिस्तान लेखेको रहेछ । ‘पुलिसले नेपालीहरू जाओ, अफगानीलाई हामी उसैको देश पठाउँछौं पो भन्यो,’ एन्जलले सुनाए, ‘अर्को ल’फडामा परें भन्ने भयो ।’ केही दिन उनले प्रहरी हि’रासतमा बिताए । हिउँले खाए’को हात देखेपछि संयुक्त राष्ट्रसंघका प्रतिनिधिले उपचारका लागि अस्पताल पुर्‍याए । पछि अस्पतालबाटै उनलाई प्रहरीले मुक्त गर्‍यो ।

संयोगले उनको गोजीमा एक जना ए’जेन्टको फोन नम्बर रहेछ । फोन गरेपछि एजे’न्ट आए र उनलाई लिएर अन्य नेपालीसँगै राखे । त्यही क्रममा उनको औंला का’ट्नु’परेको हो । ‘घरबाट अढाई लाखजति पैसा मगाएर औंला का’टें,’ उनले भने, ‘३०/४० हजारमा उपचार हुने रहेछ, बाँकी पैसा पनि एजे’न्ट नै खाइदिए ।’ एजेन्टले टर्कीमा प्रशस्त काम पाइने भनेर आ’श्वासन दिएका थिए । तर त्यहाँ पुगेपछि त्यस्तो केही थिएन । काम आफैं खोज्नुपर्ने भयो, त्यही पनि भनेजस्तो सहज पाइएन । करिब सात महिना टर्कीमा बिताएपछि उनीहरू गत भदौमा घर फर्किए । घर फर्किन पनि उस्तै सक’स व्यहो’र्नुपर्‍यो ।

गैरआवासीय नेपाली समाज टर्की र नेपाल पत्रकार महासंघ युरोप शाखाले सहयोग नगरेको भए उनीहरू अहिले पनि टर्कीमा भौं’तारिइरहेका हुन्थे । ‘एनआरएन र पत्रकार महासंघको दबा’बपछि टर्कीस्थित दूतावासले ट्राभल डकुमेन्ट बनाइदियो अनि फर्किन पाएँ,’ एन्जलले सुनाए । किरण र एन्जलले टर्की लैजाने ए’जेन्ट गीता काफ्ले र लक्ष्मीप्रसाद काफ्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा असोज ७ गते उ’जुरी दिएका छन् । प्रहरीले काफ्ले दम्पतीलाई तत्का’ल उपस्थित हुन पत्राचार गरे पनि उनीहरू सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले उक्त मु’द्दा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पठाएको छ । काफ्ले दम्पतीले दुई जनासँग पटकपटक गरी २१ लाख ४० हजार रकम बुझेको र औंलाको उपचारमा करिब अढाई लाख खर्च भएको एन्जलको भनाइ छ । ‘वैदेशिक रोजगारीका नाममा हाम्रो करिब २५ लाख रकम डु’ब्यो,’ लामो सुस्केरा तान्दै उनले भने, ‘टर्की पुगेर मनग्ये कमाउने र घर परिवारलाई खुसी पार्ने सपना थियो, त्यो पनि तु’हियो ।’

‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’

Previous articleबूढीगण्डकीमा तीन नेताले ९ अर्ब खाएको भट्टराईको अभिव्यक्तिले तरंग
Next articleमन्त्रिपरिषद्‍ पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री, रक्षाबाट ईश्वर पोखरेल हटे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।