0
67

उज्यालो नेपाल। आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।

आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । चितवन रत्ननगरको भद्रकाली मन्दिरमा पनि सामूहिक विश्वकर्मा पूजाको आयोजना गरिएको छ।

 

काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।

https://www.ujyaalonepalnews.com/?p=31442

Previous articleआज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
Next articleएन्टिबायोटिक औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन