पासपोर्ट Renew गर्न साउदीको दम्माममा आउँदो शुक्रबार २५ डिसेम्बर २०२० मा घुम्ती शिविर संचालन हुने

पासपोर्ट Renew गर्न साउदीको दम्माममा आउँदो शुक्रबार २५ डिसेम्बर २०२० मा घुम्ती शिविर संचालन हुने

उज्यालो नेपाल, पौष ८ चितवन- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ ।  नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै दम्माममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत आवेदन दिन आग्रह गरेको थियो! सोही आग्रह बमोजिम आवेदन दिएका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!

दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने स्थानसम्बन्धी सूचना !

यसैसाथ संलग्न लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार २५ डिसेम्बर २०२० मा दमामको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । यो लिष्ट, यसअघि राजदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाउनु भएका सेवाग्राहीहरूको हो ।

अस्थायी कार्यालय राख्ने

स्थानः  मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संग ! यँहा क्लिक गरेर गुगल म्याप लोकेशन हेर्न सकिने छ !
समयः बिहान ८ बजे देखि

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

  • सक्कल राहदानी
  • राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
  • नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
  • राहदानी दस्तुर साउदी रियाल- २००।–
  • हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

महत्वपूर्ण नोटः कोभिड-१९ महा’मारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको छ । एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुनुहुन विशेष अनुरोध छ । यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु हुन समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद २२ डिसेम्बर २०२०

 

विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

Previous articleहे भगवान ! के सुन्नु परेको ? हाम्रै नेपालमा आमाछोराको अ’नैति’क स’म्बन्धबाट आमा गर्भवती भएपछि…
Next articleहोटल साउनीको दादागिरी: चिया खाँदा र’क्सीको बिल दिएपछि तिर्न नमान्दा होटल साउनीले बेस्सरी कु’टिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।