दुई फिल्म खेलेर ३९ करोडको घर

मुम्बई : श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुरका दुई फिल्म रिलिज भएका छन्। धडक र गुञ्जन सक्सेना : द कारगिल गर्ल नामक उनका फिल्म प्रदर्शनमा आएका हुन्। दुई फिल्म रिलिज भएपछि हालै उनले मुम्बईमा घर किनेकी छन् जसको मूल्य सुन्दा उनका फ्यानले जिब्रो टोकेका छन्। उनले ३९ करोड रुपैयाँमा यो घर किनेकी हुन्।

आर्या बिल्डिङमा उनले फ्ल्याट किनेकी हुन्। यो फ्ल्याट १४ १५ र १६औं तल्लामा फैलिएको छ। यो फ्ल्याट तीन तल्लामा फैलिएको छ। घर किन्ने सम्झौता ७ डिसेम्बर २०२० मा भएको थियो। जाह्नवी अहिले फिल्म उद्योगमा आफ्नो बेग्लै परिचय बनाउन तल्लिन छिन्। उनी अहिले दोस्ताना–२, रूही अफजाना, तख्तका साथै दुई दक्षिण भारतीय फिल्मको हिन्दी रिमेकमा पनि काम गर्दै छिन्।

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

Previous articleपार्टी जोगाउन प्रधानमन्‍त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम
Next articleखाडीका देशहरुमा कोरोना भ्याक्सिन लगाउन सुरु, नेपाली श्रेमिक उत्साहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।