Home Uncategorized न्युज २४ बाट बिदा हुँदै रविले भने ‘नि’यत बदलें भने जँहा भेट्नुहुन्छ...

न्युज २४ बाट बिदा हुँदै रविले भने ‘नि’यत बदलें भने जँहा भेट्नुहुन्छ त्यहि ढुंगाले हा’न्नुस’

न्युज २४ बाट बिदा हुँदै रविले भने ‘नि’यत बदलें भने जँहा भेट्नुहुन्छ त्यहि ढुंगाले हा’न्नुस’

५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको सम’स्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक वि’वादमा आएका उनी हि’रासतसम्म पुगेर धरौ’टीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

 

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

 

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुः-ख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो ।

सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दो’षी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्या’गेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।

यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्या’गेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरा’सतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पा’रपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।

रवि लामिछाने जो’खिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भएका छन् । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी आज अन्तिम कार्यक्रम गरेर बिदा भएका हुन ।

जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दु-ख लागेको बताएका छन र आफ्नो अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लागेको बताएका छन । आज फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले यस्तो बताएका हुन । उनले फेसबुकमा लेखेका छन,- “दु-ख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दु-ख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दु-ख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै का,टिएकोमा झन दु-ख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।” त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन ।

– हेर्नुहोस् भिडियो

उच्च अदालतको आदेश : ‘पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू’

Previous articleआज २०७७ साल माघ ०९ गते शुक्रवार ( 22 Jan 2021) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
Next articleआज २०७७ साल माघ १० गते शनिबार ( 23 Jan 2021) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।