विमानस्थलमा श’वको लर्को; एकै दिन मलेशियाबाट १८ श’व ल्याइयो

विमानस्थलमा श’वको लर्को; एकै दिन मलेशियाबाट १८ श’व ल्याइयो

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको श’व नेपाल ल्याएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्या’न गुमा’एका नेपालीको श’व लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक श’वको अस्तुसहित १९ वटा श’व नेपाल ल्याइएको निगमले जनाएको छ। श’व लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको श’व ल्याएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृ’त्यु भएर त्यहाँ अल’पत्र अवस्थामा थिए। मृ’तकका परिवारको पी’डालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा श’व ल्याएको निगमले उल्लेख गरेको छ। निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ।

नेपाली कामदारको श’व लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा श’व बोक्ने क्षमता हुन्छ। मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको श’व ल्याएको हो। नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा श’व रहेको छ। ती श’व समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अल’पत्र नेपाली कामदारको श’व नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए।

‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुः’खमा साथमा हुनुपर्छ र छौं, यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवे’दनशील छ’, उनले भने। महिनौँदेखि अल’पत्र अवस्थामा रहेका नेपालीको श’व ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले श’व बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।रासस

विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

Previous articleयो कस्तो बज्र’पात: १५ महिने छोरीलाई एक्लै छोडेर, सधैका लागी बिदा भईन् ३१ वर्षिया दिपा
Next articleबिहेपछि घर लगेन, पटक पटक ईन्जे’क्सन लगाएर गर्भ तु’हायो, २० वर्षिया आशाको नि’राशा लाग्दो कहा’नी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।