रवि लामिछाने फेरी मु’द्दामा’मिलामा फ’स्ने सं’केत, अदा’लत जाने न्युज २४ को चे’तावनी
११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बा’हिरिएसँगै टेलिभिजनले वै’किल्पक प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने भएको हो । तर, रवि लामिछानेले पनि केही समयपछि परि’स्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष टेलिभिजनको अ’न्तिम कार्यक्रमबाटै गरेका थिए । त्यसपछि उनले सामाजिक सञ्जा’लमा दुः’ख पर्दा फोन गर्न सकिने र फेरि कार्यक्रम लिएर फर्किने भन्दै फोन नम्बरसहित पोस्टहरू पनि गरेका छन् ।

लामिछाने र टेलिभिजनको दा’वीले गर्दा ‘न्युज २४’ र रवि लामिछानेबीच कार्यक्रमको स्वा’मित्वलाई लिएर वि’वाद बढेको देखिएको छ । करिब पाँच वर्ष ‘न्युज २४’मा कार्यक्रम चलाएका रवि लामिछानेले कार्यक्रम आफ्नो बौ’द्धिक सम्पत्तिका रुपमा दा’वी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ । ‘न्युज २४’ च्यानलको सञ्चालक नेपाल ब्रोडका’स्टिङ च्यानल (एनबीसी) का एक पदाधिकारीले हप्ताको ३ दिन नै पुरानै तालिकाअनुसार नै कार्यक्रम सञ्चालन नियमित हुने बताए ।

आइतबार, मंगलबार र बिहीबार रा’ति ८.५०मा नियमित प्रसारण हुने गरेको छ । न्युज २४ले झुक्या’एर लामिछानेले कार्यक्रमको पेटेन्ट (कपि) रा’इट दर्ता गराएको भए त्यो छल’कप’ट र बद’मासी हुने टेलिभिजनले बताएको छ । त्यसो भएमा आफूहरु का’नूनी रुपमा नै कार्यक्रमको लागि ल’ड्ने टेलिभिजनका पदाधिकारीहरु बताउँछन् । आफूहरुले त्यस्तो नचाहेको भन्दै उनले लामिछानेको का’नूनी दावी रहे आफूहरु पनि कानूनअनुसार नै अघि बढ्ने बताए ।

‘यो कार्यक्रम न्युज २४को आफ्नै भएकाले प्रस्ताताले यसमा दा’वी गर्न मिल्ने ठाउँ छैन,’ एक पदाधिकारी भन्छन्,’हामीले रविजीसँग गरेको सम्झौतामा उहाँको ‘जब डिस्क्रिप्सन’ स्पष्ट छ, त्यसमा कार्यक्रमको सर्वाधिकार २४मै नि’हीत उल्लेख छ ।’कार्यक्रमको ‘क्रे’डिट टाइटल’मा पनि कार्यक्रमको सर्वाधिकार कम्पनीको हुने उल्लेख रहेको कम्पनीको दा’वी छ । कार्यक्रमको कपि’राइटबारे लामिछानेले सार्वजनिक रूपमा केही बताएका छैनन् । यसबारे बुझ्न खोज्दा लामिछानेको फोन उठेन ।

उनले अ’न्तिम एपिसोडमा लाइभ गर्न नपाउँदा दुः’ख लागेको समाजिक स’ञ्जालमा लेखेका थिए । ‘५ वर्ष काम गरेको संस्था छो’ड्नु पर्दा दुः-ख लाग्यो, अन्ति’म कार्यक्रमको अ’न्तिम र मुख्य रिपोर्ट नै का’टिएकोमा झन दुः-ख लाग्यो,’ उनले लेखेका थिए । उनले आफ्नो टिमले तयार पारेको तर, प्रसारण नभएको रिपोर्ट पनि सार्वजनिक गरेका थिए ।


