हिजो राती ( ४ फेब्रुअरी) देखि साउदीमा नयाँ नियम; के गर्न पाईने के नपाईने? दुताबासको सुचना
उज्यालो नेपाल, माघ २२,चितवन- यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ भने तपाईको लागी एउटा अत्य’न्त जरुरी खबर छ! साउदी सरकारले कोभिड-१९ को पून: बढ्दो संक्रमणलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने प्रयोजनले ४ फेब्रुअरी २०२१ रा’ति १० बजेदेखि लागू हुने गरी विभिन्न नियमहरु जारी गरेको छ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला !
कोभिड-१९ को पून: बढ्दो संक्र’मणलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने प्रयो’जनले ४ फेब्रुअरी २०२१ रा’ति १० बजेदेखि लागू हुने गरी साउदी अरेबिया सरकारबाट देहाय बमोजिमका क्रियाकलापहरुलाई स्थ’गन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
- विभिन्न ईभेन्ट तथा पार्टी (वैवाहिक कार्यक्रम, कर्पोरेट मि’टिङ्ग, ब्याङक्वेट हल तथा भाडामा लिईएको रेस्ट हाउस) हरुलाई ३० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी स्थ’गन गरिएको।
- १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी कुनैपनि सामाजिक ईभेन्टमा अधिकतम २० जना भन्दा बढी भेला गर्न नपा’ईने ।

- १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी सबै किसिमका म’नोरंजन गतिविधिहरु (सिनेमा हल, आन्तरिक मनोरंजन केन्द्र, सपिङ्ग मल, जिम, स्पोर्टस सेन्टर) लाई स्थ’गन गरिएको।
- १० दिन सम्मका लागि वा सो भन्दा बढी थप हुन सक्ने गरी रेस्टुरेष्ट्र तथा क्याफेहरुमा Take Away सर्भिस बाहेक अन्य डाङनिङ सर्भिसलाई स्थग’न गरिएको।

साथै, कोभिड-१९ को संक्र’मणलाई नियन्त्रण गर्न Tawakkalna (Covid-19 KSA) नामक मोबाईल एप्लिकेसन साउदी अरेबियाको राष्ट्रिय सूचना केन्द्र (National Information Center) ले निमार्ण गरेको र यहाँको स्वास्थ्य मन्त्रालयबाट आधिकारिकरुपमा स्वीकृत गरिएको छ। सो एप्लिकेसनले साउदी अरेबियामा कोभिड-१९ को सं’क्रमितका सम्बन्धमा यथाशीघ्र सूचना प्रदान गर्दछ।

सो एप्लिकेसन बिना साउदी अरेबियाका डिपार्टमेन्टल स्टोर, मल तथा सर्वसाधारणको भिड’भाड हुने सार्वजनिक स्थानहरुमा प्रवेश निषे’ध गरिएको छ। तसर्थ, आफ्नो सु’रक्षा एवम् सहज आवागमनका लागि पछिल्लो पटक जारी गरिएका निर्देशनको पालना एवम् Tawakkalna (Covid-19 KSA) एप्लिकेसनको प्रयोग गर्न सबैमा अनुरोध गरिन्छ।



