पैसा तयार गर्दै गर्नुस, ७५ करोडको अर्को आईपीओ आउँदै, कहिले हुन्छ त निष्काशन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीको आइतवार सम्पन्न तेस्रो साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो । ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ । आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

मलेसियामा श्रमिकको नि’धन भएमा परिवारले आ’जीवन पेन्सन पाउने, नेपाली कामदा’रलाई मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो)मा आबद्ध गराउँदै मलेसिया सरकार

श्रम स्वीकृति लिएर मलेसिया जाने नेपाली का’मदारको मृ’त्यु भएमा आश्रित परिवारले आजी’वन पेन्सन पाउने भएका छन् । श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृ’तकको परिवारले आ’जीवन पाउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले जानकारी दिए । मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था (सोक्सो) कार्यक्रमअन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका हुन् ।

मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आ’बद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘डेढ वर्षअघि सो’क्सोका प्रतिनिधि भ्रमण आएका थिए । त्यतिवेला सोक्सोकोे विषय उठान भएको थियो । सोहीबमोजिम उनीहरूले प्रस्ताव पठाएका हुन्’ उनले भने । सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद्ले समेत पारित गरेको छ । त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने उनले बताए । सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने उ’नको भनाइ छ ।

कम्पनीले पारिश्रमिकको १.६० प्रतिशत जम्मा गरिदिने, मलेसिया जाने नेपाली श्रमिकलाई मलेसियन रोजगारदाता कम्पनीले सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्नेछ । सामाजिक सुरक्षामा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १.६० प्रतिशतबराबर रकम जम्मा गर्नुपर्नेछ । यो रकम रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिकबाट भने कटा’उन नपाउने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

नेपालबाट श्रम स्वीकृति लिएर वै’धानिक रूपमा मलेसियामा कार्यरत नेपाली श्रमिक मात्रै सोक्सोमा आबद्ध हुन पाउनेछन् । त्यसैले रोजगारदाता कम्पनीले श्रमि’क लैजाने निश्चित भइसकेपछि सोक्सोमा श्रमिकको विवरण दर्ता गराउनुपर्नेछ । नेपाली श्रमिक सोक्सोमा आबद्ध हुन पाउने व्यवस्थाले मलेसियाको रोजगारी सुरक्षित बन्दै जाने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘यस व्यवस्थाले रोजगारदाता कम्पनी र मलेसियन सरकारलाई दुवैलाई जिम्मेवार बनाउनेछ । त्यस्तै, गैरका’नुनी रूपमा बस्न निरु’त्साहित गर्नेछ’ उनले भने । त्यस्तै, नेपाल सरकारलाई पनि अन्य मुलुकसँग यस्तै सम्झौ’ता गर्न बाटो खुला गर्ने उनले बताए ।

मलेसियामा १३ वर्षमा ३ हजार नेपाली श्रमिकको मृ’त्यु, विगत १३ वर्षको अवधिमा मलेसियामा गएका ३ हजार १७ नेपाली श्रमिकको मृ’त्यु भएको छ । वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालू आवको पुस महिनासम्ममा १६५ नेपाली श्रमिकको मृ’त्यु भएको छ । त्यस्तै, आव २०७६/७७ मा १७६, आव २०७५/७६ मा २२९, आव २०७४/७५ मा २८९, आव २०७३/७४ मा २६०, आव २०७२/७३ मा ३३९, आव २०७१/७२ मा ४२५, आव २०७०/७१ मा ३०३, आव २०६९/७० मा २५०, आव २०६८/०६९ मा २३८, आव २०६७/६८ मा २२३, आव २०६६/६७ मा १०७ र आव २०६५/६६ मा १३ जना श्रमिकको मृ’त्यु भएको बोर्डले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा हाल सबा ३ लाख नेपाली श्रमिक कार्यरत छन् । तर, गै’रकानुनी रूपमा रहने कामदारको पनि उत्तिकै रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । तर, गैर’कानुनी रूपमा रहेका श्रमिक भने सोक्सोमा आबद्ध हुन पाउनेछैनन् । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमध्ये मलेसिया एक हो । नेपाली श्रमिकहरू दुई दशकअघिदेखि श्रमका लागि मलेसिया जाने गरे पनि २०७५ साल चैतमा मात्रै नेपाल र मलेसियन सरकारबीच श्रम सम्झौता भएको थियो । सम्झौता नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रमिकको हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका ख’र्च रोजगारदाताले नै व्यहो’र्नुपर्नेछ ।

नेपालले नेपाली श्रमिकलाई रोजगारीमा जान विश्वका ११० वटा मुलुक खुला गरेको छ । जसमध्ये कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्र’म सम्झौता गरेको छ ।

मृतकका परिवारले आजीवन ९० प्रतिशतसम्म पेन्सन पाउने, सामाजिक सुरक्षा संस्थामा आबद्ध हुने नेपाली श्रमिकले स्याथी अश’क्ततादेखि पेन्सनसम्मको सुविधा पाउनेछन् । सोक्सोले सञ्चालन गरेको अस्थायी तथा स्थायी अश’क्तता सुविधा, स्वा’स्थ्योपचार सुविधा, आ’श्रित परिवार सुविधा, मृ’त्यु भएमा श’व व्यवस्था’पन सुविधा र अ’न्तिम सं’स्कारको खर्चसमेत सोक्सोले नै व्य’होर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । सोक्सोको सुवि’धाअनुसार नेपाली श्रमिकको कार्य अवधिमा नै मृ’त्यु भएमा मृ’तक परिवारले पेन्सन सुविधा पाउनेछन् । सो’क्सोले मृतकको परिवालाई कामदारको आधारभूत पारिश्रमिकको ९० प्रतिशतसम्म आजी’वन पेन्सन उप’लब्ध गराउनेछ । यो सुविधा मृ’तकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी)ले पेन्सन सुविधा पाउनेछन् ।

त्यस्तै, मृ’तक कामदारको दाह’संस्कार गर्न सोक्सोले २ हजार रिंगेट (५७ हजार ६८० रुपैयाँ) प्रदान गर्नेछ । तर, कामदारको श’व नेपाल ल्याउनुपरेमा ६ हजार ५ सय रिंगेट ( १ लाख ८७ हजार रुपैयाँ) प्रदान गर्नेछ । त्यस्तै, श्रमिक दुर्घ’टनामा परी अंग’भंग भएमा सबै उपचार ख’र्च सोक्सोले नै व्य’होर्नेछ । तर, श्रमिक स्याथी रूपमा अश’क्त भएमा आ’जीवन श्रमिकलाई नै निश्चित रकम प्रदान गर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

https://ujyaalonepalnews.com/archives/13492

Previous articleको हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक
Next articleहाउस-मेड काममा लान्छु भनेर द’लालले श्रीलंका पुर्याएर बे’चेपछि ……
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।