यूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै

यूएई: खा’डी मुलुक यूएईले भिजिट भिसामा कडा’इ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पा’किस्तान, अफगानिस्तान र बंगलादेशबाट भि’जिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रि’प टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ ।

खासगरी यूएई भ्रमणमा जाने भार’तीय र पाकि’स्तानीहरुसँग राउण्ड ट्रिप जहाज टिकट नपा’इएका कारण उनीहरुलाई यूएई प्रवेशमा रोक लगाइएको छ । शनिबारसम्म ३ सय ८६ पाकि’स्तानी फर्काइएका छन् भने १ सय ५२ जना विमानस्थलमै रहेका छन् । त्यस्तै २ सय भारतीयहरु पनि विमानस्थलमै रोकिएको ग’ल्फ न्यूजले उल्लेख गरेको छ ।

राउण्ड टिकट बिना यूएई गएका पाकि’स्तानीसँग होटल रि’जर्भेसन र आफन्तको कुनै सम्पर्क वा रि’फरेन्स नभए’का कारण उनीहरुलाई विमानस्थलमै रोकि’एको हो । विमानस्थलमा खाना र पानी दिइएको बताउँदै दुवई अध्या’गमन अधिकारीहरुले राउण्ड टिकटको प्रवन्ध गर्न नसक्नेहरुलाई सम्बन्धित विमानबाटै स्वदेश फर्काइने बताएका छन् ।

कतिपयलाई शनिबार रा’तिको जहाजमा फर्काइने बताइएको छ । सो विमानस्थलमा नेपाली अल’पत्र परेको या नपरेकोबारे स’माचारमा उल्लेख छैन । तर राउण्ड ट्रिप जहाज टिकट अनि’वार्य गरिएको समाचारमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/13592

Previous articlePassport Renew को निवेदन हुलाक मार्फत पठाउन दुताबासको आग्रह
Next articleसाउदी जाने नेपाली नागरिकलाई सरकारले जारी गर्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।