घरेलु हिं’साले निम्ताएको च’रम रुप, आमा सहित ४ छोराछोरी कर्णालीमा

दैलेख,फागुन २५-  दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फा’लेर आ’त्म’हत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेप’त्ता भएकी सुखी बडुवाल, उहाँका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बे’पत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधे’को अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा श’व फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको श’व आज दिउँसो नदीमा फेला परेको छ । पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दै’लेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ ।

अहिले घट’नास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगिसकेको छ । खोजी कार्य तीव्र पारिएको छ । सना’खत भएका चारको श’व परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।

घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई म’दिरा सेवन गरेर लगा’तार त’नाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट नि’स्किएको स्थानीयले बताएका छन्  ग’रिब परिवार भएकाले एउटा सम’स्या थियो तर म’दिरा सेव’नसँगै लगातार घरमूलीले तना’व दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रा’रम्भिक अनु’सन्धानले देखाएको छ । घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनु’सन्धान गरिरहेको छ ।

घरेलु हिं’साकै कारण नाबा’लकले समेत अनाह’कमै ज्या’न गुमा’उनुपरेको विषयलाई लिएर अधिकारकर्मीले वि’रोध जनाएका छन् । तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको सम’स्या के छ, कसरी बसेका छन्, घरे’लु मदि’राको बि’गबिगी कस्तो छ ? भन्नेबारेमा स’मस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घट’ना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/13826

Previous articleएक लाखमा टुंगा’ईयो मु’द्दा, कन्चनको परिवारलाई चौकी भित्र द’बाब,
Next articleसाउदीमा ड्युटीमै रहेका श्रीमान् ले जब आफ्नै श्रीमतीको अर्को बिहेभएको फोटो फेसबुकमा देखे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।