लकडाउन अवधीमा विदेशबाट उद्दारका लागि सरकारी खर्च पाउने १ सय ५६ जना

0
67

कोभिड–१९ का कारण विदेशमा अप्ठ्या’रोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उ’द्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको बै’देशिक रोजगार बोर्डले जनाएको छ ।

कोभिड–१९ का कारण सम’स्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिकट उपलव्ध गराउन तथा गन्तव्य मुलुकमा खाद्यान्न सम’स्या परेकाहरुलाई खाद्यान्नको व्यवस्था गर्न ति मुलुक स्थित दूतावासहरुलाई जिम्मेवारी दिइएको थियो । सरकारले दूतावासले फस्र्यौ’ट गर्नेगरी खर्च माग गरे बमो’जिम वैदेशिक रोजगार बोर्डबाट कल्या’णकारी कोषको रकम पठाउने व्यवस्था गरेको थियो ।

बोर्डका प्रवक्ता समेत रहेका उपसचिव दीनबन्धु सुवेदीका अनुसार सो समयमा सवैभन्दा धेरै व्यक्तिका लागि सहयोग मलेशिया स्थित नेपाली दूतावासले लिएको छ । कोभिड–१९ का कारण सम’स्यामा परेका ८६ जना नेपालीको उद्दा’रका लागि सो दूतावासले कल्याणकारी कोषको रकम प्रयोग गरेको छ । युएई स्थित नेपाली दूतावासले ५२ जना नेपालीलाई सहयोगका लागि रकम लिएको छ भनें बहराइन स्थित नेपाली दूतावासले १८ जना नेपालीलाई सहयोग गरेको हो ।

यसैगरी आफैं टिकट का’टेर वा अन्य माध्यमबाट सहयोग लिई नेपाल आएर हो’ल्डिङ सेण्टरमा बसेका मध्ये १ सय ८७ जनालाई पनि सहयोग उपलव्ध गराइएको बो’र्डले जनाएको छ । यसका लागि १ लाख ९७ हजार १ सय रकम ख’र्च गरिएको छ ।

कोभिड–१९ को सम’स्याका समयमा नेपाल फर्किने पर्खाईमा रहेका हजारौं व्यक्तिको उद्दारका लागि आनाकानी गरेपछि सरकारको च’र्को आ’लोचना भएको थियो । आ’लोचना बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुर’क्षा मन्त्रालयले विदेशबाट नेपाली श्रमि’कको उद्दारका लागि कार्यविधि तयार पारेपनि सो कार्यविधि नि’क्कै जटि’ल बनाइएका कारण अपे’क्षित व्यक्तिको उद्दा’रमा कल्याणकारी कोषको रकम प्रयोग हुन सकेको थिएन ।

कोभिड–१९ सुरु भएपश्चात हवाई उडानहरु नियमित हुन नसक्दा ठूलो संख्यामा नेपाली नागरिक विदेशमा अल’पत्र परेका थिए । सिमित रुपमा सञ्चालन गरिएका उडानहरु मार्फत सो समयमा झण्डै १ लाख ४० हजार नेपाली स्वदेश फर्किएको कोभिड–१९ सं’कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को तथ्याङ्क छ । त्यसरी फर्केकाहरु मध्ये केहि व्यक्तिले हवाई टिकट वापतको रकम शोध’भर्नाका लागि निवेदन दिएका छन् । देश परदेश 

https://www.ujyaalonepalnews.com/archives/13891

Previous articleसाउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै
Next articleबढी तलब पाउने लोभमा कन्ट्रयाक्ट भन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह