चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ याकराङ गाउँका सुर्य गुरुङ पोर्तुगलमा नि’धन भएको छ। गुरुङ ३ महिना अघि मात्र रोजगारीको शिलशिलामा माल्टा हुदै पोर्तुगल आईपुगेका थिए। २९ वर्षिय गुरुङको पोर्तुगलको बेजा अस्पतालमा उपचारको क्रममा नि’धन भएको “खबर पोर्तुगल”ले समाचार लेखेको छ।
कामको सिलसिलामा मिलफन्तोस पुगेका गुरुङको नि’धन हुनुको कारण हृद’याघात भएर हुन सक्ने अनुमान अस्पतालले गरेको गैरआवासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए। घ’टना सम्बन्धमा नेपालमा परिवारलाई जानकारी गराइएको महासचिव हेमराज सुवेदीले बताए।
परिवारको चाहना अनुसार पार्थिव शरीर नेपाल पठाउने तयारी गरिरहेको छ्र सो कार्यमा सघाउन पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली सघंसस्थालाइ अनुरोध गरिएको संघले जानकारी दिएको छ। नि’धन भएका गुरुङको नेपालमा श्रीमति र एक छोरि छिन्। यसैबिच मृ’तक गुरुङको श’व नेपाल पठाउन कम्तीमा पनि ४ दिन लाग्ने पोर्तुगलबाट पत्रकार मनोज भट्टराईले जानकारी दिएका छन्।
https://ujyaalonepalnews.com/archives/14008


