विदेशबाट नेपाल फर्कनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने

विदेशबाट नेपाल जानेहरूले १० दिन होम-क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट नेपाल आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् ।

त्यसरी विदेशबाट आएकाहरूले नेपालमा फेरी पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत गर्न नपाउने उक्त बैठकले निर्णय गरेको छ । विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम-क्वारेन्टिन अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने ‘मन्त्री गुरूङले भनेका छन् ।

मन्त्रिपरिषद्को थप निर्णयहरु

  • मास्क नलगाउनेलाई १० रुपैयाँ जरीवाना, सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने
  • होटल तथा रेष्टुराँ विहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने
  • मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध
  • विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने, मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने

पछील्लो समय नेपालमा कोरोना तिब्ररुपमा फैलिरहेको छ । आज मात्र नेपालमा १ हजार २२७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने आठ जना को मृत्‍यु भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी युवाहरु रहेका छैन् । २० देखि ३९ वर्ष उमेर समूहका ५०० भन्दा बढीलाई संक्रमण देखिएको छ। १९ वर्ष भन्दामुनि ९८ जनामा संक्रमण देखिएको छ । QN Khabar बाट

https://ujyaalonepalnews.com/archives/14063

Previous articleनेपाल बाट साउदी कतार युएई उडान बन्द हुने जो’खिम बढ्यो, नक्क’ली पिसिआर बोक्ने १७२ जना पक्राउ
Next articleएसएलसी फेल भएर खाडी भासिएको ठिटो कन्ट्रक्सन कम्पनीमा काम गर्दागर्दै यसरी बन्यो ईन्जिनियर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।