बालिकाले बबाल मच्चाएपछी शेरधन कि श्रीमतीको आयो यस्तो भनाई

0
53

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको चरित्र हत्या भएको बताएकी छिन् । उनले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन् । बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन आग्रहसमेत गरेकी छिन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको भए आँफै पनि कारबाहीमा उत्रिने समेत बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’ उनको भनाई यस्तो छ 

समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत लामाे समय देखि वहाँकाे चरित्र हत्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र हुदै आएकाे र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र हाेइन, अन्यायकाे बिरुद्व बाेल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ !

तर बिना प्रमाण, बिना गल्ति र दाेष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पिडीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु !

मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही गल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुकाे अवलम्बन गर्नुपर्छ !

अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेराे परिवार आफन्त, नातागाेता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु ! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद !

https://www.ujyaalonepalnews.com/archives/14089

Previous article१३ अप्रिल देखि सुरु हुने रमादानमा कति बजेदेखि कति बजे सम्म काम गर्न पर्ला ? यस्तो छ सरकारी सुचना
Next articleकोरोना भ्याक्सिन लगाएको व्यक्तिले नेपाल फर्कंदा पिसिआर गर्न पर्छ कि पर्दैन ?