कतार जाने यात्रुलाई हिमालय एअरलाइन्सले जारी गर्यो यस्तो सुचना

काठमाडौ : कतारले नेपालसहित दक्षिण एशियाका पाँच र फिलिपिन्सबाट जाने यात्रुलाई अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट जाने यात्रुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । कतार सरकारको यो नियम संगै नेपालबाट कतार उडान गर्ने हिमालय एअरलाइन्सले आफ्ना यात्रुहरुको लागी यस्तो सूचना जारी गरेको छ !

हिमालयन एअरलाइन्सको सुचना यस्तो छ 

कतारको जनस्वास्थ्य मन्त्रालयले यही अप्रिल २६, २०२१मा जारि गरको निर्देसिका अनुसार नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतारतर्फको हवाई यात्रा गर्ने यात्रुहरुका लागि केहि अनिवार्य नीति नियमहरुको अवलम्बन गरेको छ । यी नियमहरु उल्लिखित राष्ट्रहरुबाट सुरु भई अन्य राष्ट्रहरुको ट्रान्जिट प्रयोग गर्दै कतार प्रवेश गर्ने यात्रुहरुलाई समेत लागू हुनेछन्‌ (उदाहरण भारत – कुवेत – दोहा)

१. माथि उल्लेखित राष्ट्रहरुबाट उडान गर्ने सबै यात्रुहरुले उडान समय भन्दा ४८ घण्टा पूर्व नै सम्बन्धित राष्ट्रको आधिकारीक स्वास्थ्य निकायद्वारा मान्यता प्राप्त हस्पिटल वा क्लिनिक बाट कोभिड – १९ पिसिआर जाँच गरिएको हुनुपर्नेछ; नागरिक उड्डयन प्राधिकरण र हमाद अन्तर्राष्ट्रिय एअरपोर्टलाई अनुरोध गरिएको छ कि यात्रुहरु हवाईजहाजमा प्रवेश गर्नुपूर्व सबै एअरलाइन्स्‌लाई पिसिआर प्रमाणपत्रको प्रामाणिकतालाई कडाईका साथ समीक्षा गर्न आवश्यक छ (र सम्भवत आफनो छाप लगाई स्वीकृति / समीक्षा प्रदान गर्नुहोस्‌) । कोभिड – १९ विरुद्ध खोप लगाएको, पछिल्लो ६ महिना भित्र संक्रमणको परिणाम स्वरूप प्रतिरक्षाको उपस्थिति भएको, उमेर वा स्वास्थ्य अवस्था जे जस्तो भएपनि, मान्य प्रमाण पत्र विना कुनै पनि यात्रुलाई जहाजमा प्रवेश गर्न अनुमति दिईनेछैन ।

२, माथि उल्लेखित राष्ट्रहरुबाट प्रवेश गर्ने सबै यात्रुहरुले कतार अवतरण गरेको १ दिन भित्र अनिवार्यरुपमा होटेल क्वारेन्टिन वा मेखाइन्स्‌ सुविधामा बस्नुका साथै अवतरण गरेको १ दिन भित्रै कोभिड – १९ पिसिआर जाँच पुन गराउनुपर्नेछ ।

३. पूर्व खोप लगाई सकेको वा रोग प्रतिरोधी क्षमताको विकास गरी सकेको भनिएपनि माथि उल्लिखित राष्ट्रहरुबाट आउने सबै यात्रुहरुले तोकिएको क्वारेन्टिनमा १० दिन सम्म वा मेखाइन्स्‌ सुविधामा १४ दिन सम्म अनिवार्यरुपमा बस्नुपर्नेछ । यी यात्रुहरु मध्यो कसैले पनि निजी क्वारेन्टिनमा बस्ने अनुमति पाउनुहुनेछैन ।

४, माथि उल्लेखित राष्ट्रहरुबाट आउने यात्रुहरुका लागि होटेल /होम क्वारेन्टिनका स्थापित मापदण्डहरु लागू हुनेछैनन्‌ ।

५, उल्लेखित राष्ट्रहरुका बिभिन्न मन्त्रालय वा सरकारी निकायहरुको प्रतिनिधित्व गर्दै औपचारिकरुपमा ७२ घण्टा वा सोभन्दा कम समयका लागि कतार भ्रमण गर्ने यात्रुहरुका लागि कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हालै स्विकृत गरेको प्रोटोकल बमोजिम हुनेछ ।

६, जहाजमा चिकित्सा सहयोगीकारुपमा चिकित्सक बा चिकित्साकर्मोलाई अनुमति दिन सकिनेछ तर त्यस्ता चिकित्साकर्मो कतार फिर्ता हुन भने अनिवार्यरुपमा यस नीति नियमका बुँदाहरु २ देखि ४ का प्रावधानहरु लागू हुनेछन्‌ ।

७ कतार ट्रान्जिट हदै जुनसुकै गन्तव्यमा यात्रा गर्ने सबै यात्रुहरुले माथिको वंदा नं१ मा उल्लेख गरिएझै आनवाषरुपमा यात्रा पूर्व पिसिआर जाच गराएको हनुपर्नेछ ।

https://ujyaalonepalnews.com/archives/14130

Previous articleपूर्व महारानी कोमल शाहको अवस्था चिन्ताजनक, हाई फ्लो अक्सिजन दिएर आइसियुमा राखियो
Next articleविदेश जाँदै हुनुहुन्छ? लकडाउनको बेला एअरपोर्ट सम्म कसरी पुग्ने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।