भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले पाँच नेपालीको शव लिएर आयो

0
54

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले पाँच नेपालीको शव लिएर आयो

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ । नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो ।

जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ । बोर्डका अनुसार साउदीमा अझै करिब १२ जना नेपालीको शव बाँकी रहेको छ । बाँकी शव पनि ल्याउनका लागि बोर्डले अनुरोध गरेको र दूतावासले सबै प्रक्रिया पूरा गरेर पठाउन सम्भव भएसम्म पठाउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू शव लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म पुर्‍याइरहेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव मृतकको घरसम्म पुर्‍याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ । कोरोना बाहेक अन्य कारणले परदेशमा ज्यान गुमाउने नेपालीको शव जतिसक्दो चाँडो स्वदेश फिर्तीका लागि पहल गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

कोरोनाको कारण ज्यान गुमाउने नेपालीको शव भने गन्तव्य देशमै अन्त्येष्टिका लागि बोर्डले परिवारसँग अनुमति लिने र नियोगलाई पठाउने काम गरिरहेको छ । गन्तव्य देशमा शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई बोर्डले राहत स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । उज्यालो अनलाईन बाट 

https://www.ujyaalonepalnews.com/archives/14396

Previous articleनेपाल बाट साउदी गएको नब्बे हजार भन्दा बढी असुलेपछी भारतीय दुताबासले गुहार्यो सरकार
Next articleसाउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला