किन आउँछ पाद ? के हानिकारक हुन्छ ? पढ्नुस रोचक जानकारी

किन आउँछ पाद ? के हानिकारक हुन्छ ?

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।

पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन ।शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ । अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।

तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ । शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ ।

शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ । डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।

https://ujyaalonepalnews.com/archives/14413

Previous articleकडा लकडाउन बीच यि ५ युवा यसरी पुगे युएई बाट काठमाण्डौ
Next articleघर फर्कन नपाएर विचल्ली परेका कामदार बारे बल्ल सरकारको चासो; बन्यो छुट्टै संयन्त्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।