Home Uncategorized यी चार मुलुकमा नियमित उडान सुरु हुने भएपछि बिदामा घर आउन टिकट...

यी चार मुलुकमा नियमित उडान सुरु हुने भएपछि बिदामा घर आउन टिकट काटेका नेपालीमा खुशीयाली

यी चार मुलुकमा नियमित उडान सुरु हुने भएपछि बिदामा घर आउन टिकट काटेका नेपालीमा खुशीयाली

काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेपछि बिदेशमा घर आउन टिकट लिएर बसेका नेपालीहरु खुशी भएका छन् । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो ।

यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ । खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ । तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ ।

कतार र कुवेतमा चर्को घाममा काम गर्न नपाइने

तापक्रममा अत्यधिक वृद्धि हुन थालेपछि कतार र कुवेतले दिउँसोको समयमा कामदारहरुलाई काममा लगाउन रोक लगाएका छन् । बिहीबार ती दुबै मुलुकका तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ भने आगामी हप्ताको अन्त्यसम्म तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वाअनुमान छ । कतारले जुन १ तारिखदेखि सेप्टेम्बर १५ तारेखसम्म चर्को घाम पर्ने खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न रोक लगाएको छ भने कुवेतमा अगष्ट ३१ सम्म खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न प्रतिवन्ध लागएको छ ।

नयाँ निर्णय अनुसार कतारमा विहान १० बजेदेखि दिउँसो ३स्३० बजेसम्म काममा लगाउन नपाइने नियम लगाइएको छ भने कुवेतमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा काममा लगाउन पाइने छैन । कतारले चर्को घाममा कामदारलाई काममा लगाएको पाइएमा त्यस्तो कम्पनीलाई एक महिनासम्म बन्द गर्ने चेतावनी दिएको छ । गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

https://ujyaalonepalnews.com/archives/14463

Previous articleसाउदी: 28 May को सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?
Next articleकाेराेनाकाे कारण चार गन्तव्य देशले लगाए नेपालीको प्रवेशमै रोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।