मलेसियामा पुर्ण रुपमा लकडाउन अधिकांश कम्पनी बन्द,कस्ता कम्पनी खुल्छन्?

Click Image

मलेसियामा पुर्ण रुपमा लकडाउन अधिकांश कम्पनी बन्द,कस्ता कम्पनी खुल्छन्?

क्वालालम्पुर– मलेसियामा लगातार बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै देशव्यापी पुर्ण रुपमा लकडाउन,तालाबन्दी लगाउने भएको छ। हिजो मे २८ तारिख शुक्रबारको दिन मलेसियाको प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले जुन महिनाको १ तारिखदेखि १४ तारिखसम्म लागू हुनेगरी १४ दिन सम्मको लागि अतिआवश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पुर्ण कामकाज देशैभर बन्द गरेर पुर्ण रुपमा देशव्यापी लकडाउन गर्ने निर्णय गरेको हो।

लकडान अन्तगर्त विभिन्न सेवाहरु खुला हुनेछन। जस्तै : पसल जो खाना बनाउने , किराना समबन्धि समान, फलफूलहरु, माछा , मासु , तरकारी पसलहरु , डेरि तथा दूध पसलहरु, बैंक तथा एटिएम , डेलिवरि (अति आबस्यक समानहरु जस्तै औषधि , खाद्यान्न , ई- कमर्स समानहरु पेट्रोल तथा ग्यासका आउटलेट हरु,हस्पिटल तथा क्लिनिक , मेडिकल सामाग्री समबन्धि पसल, प्रयोगशाला , नर्सिङ होम, एम्बुलेन्स टेलिकमुनिकेसन , इन्टरनेट सेवा, ब्रोडकास्टिङ, केवल समबन्धि सेवाहरु खुला रहने छन।

मलेसियामा हिजो एकै दिन ८ हजार भन्दा धेरै संक्रमित फेला परेको ६१ जनाको मृत्यु भएको तथ्यांक छ , अहिलेसम्म ७२ हजार भन्दा धेरै मानिसमा कोरोना सक्रिय रहेको छ । र यसले मलेसियामा पनि नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने आङ्कलन सरकारले गरेको छ। कोरोना संक्रमित क्रमशः बढ्दै गैइरहेकोले अब यहाँका अस्पतालहरु समेत बिरामी मानिसहरुको सङ्ख्याले भरिएको छ।

त्यसैले देशमा थप स्वास्थ्य संकट आउन नदिनलाई कोरोनाको यस् संक्रमणलाई नियन्त्रण गर्न पुर्ण रुपमा लकडाउन लगाउनु बाहेक अन्य विकल्प नरहेकोले सरकार ले यो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ।

https://ujyaalonepalnews.com/archives/14482

Previous articleकतार बाहेक अन्य खाडी देशमा उडान खुलेन; नेपाल एअरलाइन्स र कतार एअरवेजले सोमबारदेखि उडान गर्दै
Next articleसाउदी पुगेपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने कुराको बिरोध गर्दै फिलिपिन्सले आफ्ना नागरिकलाई साउदी जान रोक्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।