काम फोटो स्टुडियोमा घाँटीमा कार्ड चै प्रधानसम्पादकको , नक्कली भएको खुलेपछि प्रहरीले पार्यो झ्याप्पै

उज्यालो नेपाल, जेठ २२, चितवन- घाँटीमा प्रेसको नक्कली कार्ड भिरेर पत्रकार हुँ भन्दै हिड्ने एकजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ! जिल्ला बारा कोल्वि -२ खैरा स्थायी घर भई  भरतपुर महानगरपालिका वार्ड नं. ३ मा फोटो स्टुडियो व्यवसाय सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेर प्रेस कार्डको दुरुपयोग गरेको भन्दै भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनले पलखबर डटकमको प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बनाएर घाँटीमा भिरेर हिंडेका थिए । प्रहरीले चेकजाँचको क्रममा उनी नक्कली पत्रकार रहेको खुलेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। देशका विभिन्न ठाउँमा निषेधाज्ञाकाे समयमा नक्कली प्रेसकार्डकाे दुरुपयोग हुनथालेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । लकडाउनका कारण मिडिया उद्योग धरासायी भएर हजारौ पत्रकार बेरोजगार बनेका बेला सडकमा भने प्रेस लेखिएका ज्याकेट लाउने र परिचयपत्र भिर्नेको संख्या बढिरहेको छ।

फेसबुकमार्फत सम्पर्क गरेर परिचयपत्र बनाइ होम डेलिभरी गर्दै आएको गिरोहले एउटा प्रेस कार्डको पाँच सयदेखि दुई हजारसम्म लिने गरेको यस अघिको प्रहरी अनुसन्धानमा खुलेको थियो। प्रेस कार्ड बजारमा किनबेच हुने र त्यसको व्यापकरुपमा दुरुपयोग भईरहेको छ । ती कार्ड गैरपत्रकारहरुले कार र मोटरसाइकलहरु सडकमा निकाल्दा निष्फिक्री प्रयोग गर्ने गरेका छन्। मा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ ।

https://ujyaalonepalnews.com/archives/14533

Previous articleसुरु हुन लागेको कतार टर्कीको उडान फेरी अनिश्चित; फोटो र बारकोड़ सहितको पिसिआर रिपोर्टले ल्यायो झ’मेला
Next article३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।