सरकारी गाडीमा तरुनी बोकेर डेटिङ जाने उपसचिव श्रेष्ठमाथि कारवाही सुरु

सरकारी गाडीमा तरुनी बोकेर डेटिङ जाने उपसचिव श्रेष्ठमाथि कारवाही सुरु

काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे- सहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठ ।

दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको विवरण पठाउन निर्देशन दिएको छ । पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ ।

गत आइतबार सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए । निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो । सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेका युवती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ । प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ । तस्वीर : छाँयाचन्द्र भण्डारी

https://ujyaalonepalnews.com/archives/14539

Previous article३५००० फिटमा उडिरहेको प्लेन भित्र केक काटेर बर्थडे मनाउने चारजना कारबाहीमा
Next articleहात काटिए पछि कम्पनीले निकाली दियो, घर आउने पैसा छैन, नेपालीको युवाको बिचल्ली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।